बिहीबार, चैत २६, २०८२

एमालेबाट सरकारमा नेतृत्व महासेठले गर्ने, को-को हुँदैछन् मन्त्री ?

 |  बुधबार, फागुन २३, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, फागुन २३, २०८०

काठमाडौं‌- नेकपा (एमाले) ले मन्त्रीको नाम टुंगो लगाएको छ। सरकारको नेतृत्व सचिव रघुवीर महासेठले गर्ने भएका छन्।

National life

धनुषा-४ बाट निर्वाचित महासेठ केपी ओली दोस्रोपटक प्रधानमन्त्री भएका बेला पनि मन्त्री थिए। त्यतिबेला भौतिक पूर्वाधार तथा यातायात मन्त्री भएका महासेठ फेरि पनि भौतिक मन्त्री बन्न लागेका हुन्।

ज्वालाकुमारी साहको पनि टुंगो लागेको छ। उनी पुस १० गते एमाले माओवादी केन्द्रबीच गठबन्धन हुँदा पनि मन्त्री बनेकी थिइन्। त्यतिबेला उनी कृषि तथा पशुपन्छी विकास मन्त्री बनेकी थिइन्। अहिले भने उनको मन्त्रालय टुंगो लागेको छैन।

धनकुटाबाट निर्वाचित सांसद राजेन्द्रकुमार राई पनि मन्त्री बन्ने भएका छन्। उनको पनि मन्त्रालय टुंगो लाग्न बाँकी छ। राई पनि पुस १० को गठबन्धनपछि मन्त्री बनेका थिए।

बैतडीका सांसद दामोदर भण्डारी पनि मन्त्री बन्ने भएका छन्। उनी पनि पुस १० गते गठबन्धन हुँदा उनी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री बनेका थिए।

kumari

कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद बलराम अधिकारी पनि यसपटक मन्त्री बन्ने भएका छन्। दोस्रो पटक सांसद बनेका उनी पहिलोपटक मन्त्री बन्न लागेका हुन्।

उनको पनि मन्त्रालय टुंगो लागेको छैन।

पदम गिरीले मन्त्रीको शपथ लिइसकेका छन्। उनी पनि यसअघि प्रचण्ड नेतृत्वकै सरकारमा स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेका थिए। अब उनले कुन मन्त्रायल पाउने टुंगो छैन।

प्रकाशित: Mar 06, 2024| 14:42 बुधबार, फागुन २३, २०८०
प्रतिक्रिया दिनुहोस्