शुक्रबार, भदौ १२, २०८३

माओवादीले फिर्ता लियो गण्डकी सरकारलाई दिएको समर्थन

 |  बुधबार, फागुन २३, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, फागुन २३, २०८०

गण्डकी- नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। 

आज बसेको संसदीय दलको बैठकले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको सो दलका नेता हरिबहादुर चुमानले जानकारी दिए।

माओवादी केन्द्रले समर्थन फिर्ता लिएसँगै नेपाली कांग्रेस नेतृत्वको प्रदेश सरकार अल्पमतमा परेको छ। यसअघि मङ्गलबार मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले माओवादी केन्द्रका दुई मन्त्रीलाई पदमुक्त गरेका थिए।
 

प्रकाशित: Mar 06, 2024| 12:51 बुधबार, फागुन २३, २०८०
प्रतिक्रिया दिनुहोस्