शुक्रबार, भदौ १२, २०८३

कांग्रेस महामन्त्री शर्माले दिए नयाँ गठबन्धनलाई शुभकामना

 |  मंगलबार, फागुन २२, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन २२, २०८०

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफ्नो पार्टीलाई बाहिर निकालेर बनेको नयाँ गठबन्धनलाई शुभकामना दिएका छन्। साथै उनले जिम्मेवार प्रतिपक्षीको भूमिका निर्वाह गर्न कांग्रेस तयार रहेको पनि बताएका छन्।

शर्माले सामाजिक सञ्जालमा भनेका छन्

नयाँ गठबन्धनलाई संविधान रक्षा र जनहितमा कार्यगर्न शुभकामना। नयाँ परिस्थितिमा जिम्मेवार प्रतिपक्षको भूमिका तयारीमा छौं हामी। केही पत्रकार मित्र शोधिरहनु भएको छ-

के कांग्रेसले `फलाना´ लाई प्रधानमन्त्री `अफर´ गरेको हो ? स्पष्ट गरौं- कसैलाई पनि यस्तो प्रस्ताव गरिएको छैन ! जय नेपाल

प्रकाशित: Mar 05, 2024| 21:02 मंगलबार, फागुन २२, २०८०
प्रतिक्रिया दिनुहोस्