शुक्रबार, असोज ३०, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • अमेरिकाको ओरेगनमा विद्यालयमा गोली चल्यो, तीन बालबालिकासहित पाँच जनाको मृत्यु

अमेरिकाको ओरेगनमा विद्यालयमा गोली चल्यो, तीन बालबालिकासहित पाँच जनाको मृत्यु

 |  शुक्रबार, असोज ३०, २०८३

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज ३०, २०८३

काठमाडौं- अमेरिकाको ओरेगन राज्यस्थित बेन्ड सहरको सिल्भर रेल प्राथमिक विद्यालयमा गोली चल्दा तीन बालबालिका र एक शिक्षकसहित पाँच जनाको मृत्यु भएको छ।

घटनामा संलग्न भएको आशङ्का गरिएका व्यक्तिलाई पनि गोली लागेको अवस्थामा मृत फेला पारिएको प्रहरीले जनाएको छ।

रिपोर्ट अनुसार स्थानीय समयअनुसार घटनास्थलमा पाँच जनाको शव फेला परेको थियो। मृतकमध्ये पाँच, आठ र ११ वर्षका तीन बालबालिका तथा एक शिक्षक रहेका छन्। प्रहरी अधिकारीहरू विद्यालयभित्र प्रवेश गर्दा गोली चलाउने आशङ्का गरिएका व्यक्ति मृत अवस्थामा भेटिएको बताएका छन्। आक्रमणकारीले विद्यालयका बन्द ढोकामा गोली चलाएर जबर्जस्ती भवनभित्र प्रवेश गरेको बताइएको छ।

अमेरिकी सञ्चारमाध्यम सीबीएस न्युजसहित केही सञ्चारमाध्यमले गोली चलाउने आशङ्का गरिएका व्यक्ति १६ वर्षीय किशोर भएको जनाएका छन्। तर प्रहरीले उनको पहिचान औपचारिक रूपमा सार्वजनिक गरेको छैन।

प्रहरीले आक्रमणकारी सोही विद्यालयका विद्यार्थी थिए वा थिएनन् भन्नेबारे पनि जानकारी दिएको छैन। मृतक तथा घटनामा संलग्न व्यक्तिको पहिचान र घटनाको कारणबारे अनुसन्धान भइरहेको बताइएको छ।

प्रकाशित: Oct 16, 2026| 10:31 शुक्रबार, असोज ३०, २०८३
प्रतिक्रिया दिनुहोस्