शुक्रबार, भदौ १२, २०८३

कांग्रेसले फिर्ता लियो सरकारलाई दिएको समर्थन

 |  मंगलबार, फागुन २२, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन २२, २०८०

काठमाडौं- कांग्रेसले पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।

मंगलबार पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो।

बैठकले इलाम र बझाङको उपनिर्वाचनका लागि निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णय पनि गरेको छ।

एमाले, माओवादी र रास्वपा एक वर्षपछि एक ठाउँमा भएपछि कांग्रेस सरकारबाट बाहिरिएको हो। अघिल्लो वर्ष १० पुसमा बनेको गठबन्धन भत्किएपछि २५ फागुनको राष्ट्रपति निर्वाचनसँगै कांग्रेस र माओवादीबीच नयाँ गठबन्धन बनेको थियो।

केन्द्र र प्रदेशका नेतृत्वसहित सबै विषय टुंगो लगाएपछि एमाले, रास्वपा र जसपाका वरिष्ठ नेताहरूलाई उपप्रधानमन्त्रीसहित मन्त्रालय दिएर सरकारमा सहभागी गराउने तयारी छ। 
 

प्रकाशित: Mar 05, 2024| 18:18 मंगलबार, फागुन २२, २०८०
प्रतिक्रिया दिनुहोस्