एजेन्सी- अर्जेन्टिना तथा बार्सिलोनाका सुपरस्टार लियोनल मेस्सीले नयाँ विमान किनेका छन् । महँगा कार र जहाजका सौखिन मेस्सीले १५ मिलियन डलर (१ अर्ब ६९ करोड ४५ लाख ९९ हजार रुपैयाँ) मा नयाँ विमान खरिद गरेका हुन् ।
संसारकै महँगा लक्जरी कारहरू रहेका मेस्सीसँग एक निजी जेट विमान पनि छ । अब भने उनीसँग दुईवटा निजी विमान भएका छन् । अन्तर्राष्ट्रिय सञ्चर माध्यमका अनुसार उनको नयाँ विमान शुक्रबार अर्जेन्टिनाको राजधानीमा ल्याइएको छ।
अमेरिकाबाट खरिद गरिएको यो विमान दर्ताका लागि अर्जेन्टिना लगिएको हो । १६ वटा विशेष सिट रहेका अत्याधुनिक यस विमानभित्र २ वटा बाथरुम र २ वटा किचनसमेत रहेका छन् ।
विमानभित्र अन्य थुप्रै सुविधा रहेका छन् । मेस्सीले आफ्नो चाहनाअनुसार विमानको स्वरूपमा केही परिवर्तन गराएका छन् । विमानको अगाडिको भाग र पुछारको भागमा भने मेस्सीको जर्सीको नम्बर १० अंकित छ ।
अझै रामाइलो कुरा छ भने, मेस्सीले विमानको लिफ्टमा आफ्ना परिवारका सदस्यको नाम लियो एन्टोनियला, थियागो, सिरो र माटियो लेखिएको छ । एन्टोनियला मेस्सीकी पत्नी हुन भने थियागो जेठो, एन्टोनला माइलो र माटियो कान्छा छोरा हुन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४