आइतबार, साउन १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सर्वोच्चले सोध्यो, नेकपा नामका दुर्इ पार्टी कसरी दर्ता भए ?

सर्वोच्चले सोध्यो, नेकपा नामका दुर्इ पार्टी कसरी दर्ता भए ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- सर्वोच्च अदालतले एउटै नामका दुर्इटा पार्टी दर्ता भएको सम्बन्धमा नेकपाको नाममा कारण देखाउ आदेश जारी गरेको छ। 

नेकपाको दर्ता सम्बन्धमा परेको रिटउपर सोमबार पहिलो सुनुवार्इ गर्दै न्यायाधीस डम्बर बहादुर शाहीको एकल इजलासले यस्तो आदेश जारी गरेको हो। 

आदेशमा भनिएको छ, 'नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नाममा दुई पार्टी कसरी दर्ता भए?' सर्वोच्चले निर्वाचन आयोगसँग पनि यसको जवाफ मागेको छ। 

नेकपाविरुद्ध ऋषि कट्टेलले सर्वोच्चमा दायर गरेका थिए। सर्वोच्चले नेकपा नाम सत्तारुढ दलको पक्षमा हुनुपर्ने भनी गरेको निर्णयसमेत लिखित रुपमा सर्वोच्चमा पेस गर्न भनेको छ। कट्टेलले मंसिर २१ गते सर्वोच्चमा निर्वाचन आयोगले आफूमाथि अन्याय गरेको भन्दै रिट दायर गरेका थिए।

नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले नाम जुधेको भन्दै निर्वाचन आयोगमा उजुरी दिएका थिए। आयोगले कात्तिक ९ गते नेकपाको पक्षमा फैसला सुनाएको थियो। आयोगका सदस्यहरुको इजलासले गरेको उक्त फैसलालाई चुनौती दिँदै कट्टेल सर्वोच्च पुगेका हुन्। उनी सर्वोच्च पुगेपछि पार्टीको नाम विवादमा आएको हो।

तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच जेठ ३ गते एकता भई गठन भएको नेपाल कम्युनिस्ट पार्टीको नाममा विवाद सुरु भएको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।