डोटी- बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तलार्इ न्यायको माग गर्दै डोटी जिल्ला सदरमुकाम सिलगडीमा र्याली निकालेका छन्।
नेपाल विद्यार्थी संघ (नेविसंघ) डोटीका विद्यार्थी नेताहरुले सिलगडी बजारमा दबाबमूलक शान्तिपूर्ण र्याली निकालेका हुन्। बजार क्षेत्रमा निकालिएको शान्तिपूर्ण र्यालीमा शैलेश्वरी मन्दिरमा पुगी कोणसभामा परिणत भएको थियो।
कोणसभामा नेपाल विद्यार्थी संघ डोटीका अध्यक्ष गणेश खड्काले निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा दोषीलाई उम्काउन सरकार नै लागेकाले उल्लेख गर्दै घटनाका दोषीलाई कारबाही नहुँदासम्म चुप नलाग्ने बताए।
त्यस्तै अर्का नेवि संघ डोटीका नेता दिपेन्द्र सिंहले सरकारले उक्त घटना प्रति कुनै चासो नै नदेखाएको आरोप लगाएका छन्। सिंहले भने, ‘सरकालले निर्मलाको हत्यारा पत्ता लगाउन कुनै चासो देखाएको छैन।
यदी सरकारले अलिकती पनि चासो राखेको हत्यारा पत्ता लागि सक्थयो ।’ चार महिनाअघि भएको घटनाका दोषी पत्ता नलाग्दा देशभर सरकारविरुद्ध आन्दोलन भइरहेका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४