आइतबार, साउन १०, २०८३

विज्ञान प्रर्दशनीमा ट्रिटन कलेज प्रथम

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं - विज्ञान तथा प्रविधि प्रदर्शनीको पहिलो पुरस्कार ट्रिटन इन्टरनेशनल कलेजले जितेको छ। 
 
राजधानीका २० वटा कलेज सहभागी प्रर्दशनीमा ट्रिटन इन्टरनेशनल कलेजका विज्ञान विषयका विद्यार्थीहरुले बनाएको एन्टि रेप ग्याजेट अर्थात बलात्कार रोक्न उपयोगी सामाग्रीले पहिलो पुरस्कार जितेको हो। किस्ट कलेजद्‍वारा शनिबार आयोजित प्रदर्शनमा ट्रिटनले पुरस्कृत गरिएको हो। 

कुनैपनि ठाउँमा हुनसक्ने सम्भावित बलात्कारका घटनालाई रोकथाम गर्न किशोरी, युवती र महिलाहरुको घडी, जुत्ता, ब्याग लगायत जुनसुकै सामानमा फिट गरिने सानो क्यामेरा र सेन्सरले सेटलाईटमार्फत घरपरिवार, आफन्त या नजिकको प्रहरीलाई सुचित गर्न सक्ने सो ग्याजेटको विशेषता छ।

ट्रिटन इन्टरनेशनल कलेजका विज्ञान विषयका विद्यार्थीहरु अन्वेश अधिकारीको नेतृत्वमा रहेको ११ सदस्यीय विज्ञान विषयका विद्यार्थीहरुमा इलिया फतामा, सूचक दाहाल, रश्मी जिरेल, अशिम अधिकारी, नविन धिताल, रेजिना दाहाल, नविन श्रेष्ठ, विनोद भण्डारी र ऋतेश रायले सो ग्याजेट बनाएका थिए। 

विजयी विद्यार्थीलाई आयोजक किस्ट कलेजका प्रिन्सिपल डा.डम्वर सिंह ऐर, कार्यकारी निर्देशक इन्द्रप्रसाद सुवदी, राष्ट्रिय परीक्षा वोर्डका प्रमुख, दुर्गा अर्याल र राष्ट्रिय योजना आयोगका पुर्व सदस्य डा.भिमदेव भट्टले विजयी विद्यार्थीहरुलाईट्रफि, पदक र प्रमाणपत्र तथा विजयी कलेजलाई टोकन अफ लभ वितरण गर्नुभएको थियो।
 
आइतबारट्रिटन कलेजमा आयोजित एक विशेष कार्यक्रममा ट्रिटन इन्टरनेशनल कलेजका कार्यकारी अध्यक्ष विश्वनाथ प्रसाद शाहले विजयी विद्यार्थी टोलीलाई वधाई दिनुभयो भने कलेजको तर्फबाट खुसीयाली मनाइएको थियो। 

वधाई कार्यक्रममा कलेजकाकार्यकारी निर्देशक डा.शम्भुकुमार दास, कलेजका भाइस प्रिन्सिपल श्रीकृष्ण विष्ट, प्रशासन विभागका प्रमुख ऋतु न्यौपाने, विज्ञान विभाग संयोजक नविनकुमार लाल कर्ण, अतिरिक्त कृयाकलाप-योजना प्रमुख कुमार थापा, अतिरिक्त कृयाकलाप इन्चार्ज मनिष बस्नेतलगायतले विजयी विद्यार्थी टोलीलाई वधाई दिनुभएको थियो। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।