काठमाडौं- नेकपा एमालेको आकस्मिक सचिवालय बैठक सकिएको छ। बैठकपछि उपमहासचिव प्रदीप ज्ञवालीले सत्ता गठबन्धनमा संकट बढेको देखिएको बताए।
उनले भने, ‘परिपक्व भएको त छैन तर केही नयाँ घटनाक्रम विकसित हुन सक्ने अवस्था देखिएको छ।’
प्रधानमन्त्री प्रचण्डले कांग्रेससँगको सहकार्य कठिन हुँदै गएको, विवादित मन्त्रीलाई हटाउन खोज्दा पनि हटाउन नसकिएको र नयाँ ढंगले अगाडि बढ्न खोजेको संकेत गरेको उनले उल्लेख गरे।
'प्रष्ट कुरा आज दिनभरीमा टुंगो लाग्छ। गठबन्धन टुटाउन प्रधानमन्त्री तयार हुनुभयो भने नयाँ गठबन्धनबारे छलफल गर्छौं।'