बुधबार, असार १०, २०८३

गठबन्धनको बैठक स्थगित, दलहरु आन्तरिक छलफलमा

 |  सोमबार, फागुन २१, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, फागुन २१, २०८०

काठमाडौं- सत्ता गठबन्धनको आज बिहान बस्ने भनिएको बैठक स्थगित भएको छ। सत्ता गठबन्धनका दलहरुबीच समसामयिक परिस्थितिमा छलफल गर्न आज बिहान ८ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक आह्वान गरिएको थियो।

National life

तर यसबीचमा उत्पन्न परिस्थितिका कारण बैठक स्थगित भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। बैठकमा सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन सम्बन्धी विधेयक सम्बन्धी प्रतिवेदनको मस्यौदामा छलफल गर्ने भनिएको थियो।

यता राजनीतिमा नयाँ तरंग उत्पन्न भएसँगै राजनीतिक दलहरु बिहानैदेखि बैठकमा जुटेका छन्।

सत्तारुढ दल नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बिहान ७ बजेदेखि बालुवाटार जारी छ भने नेकपा एमालेको सचविालय बैठक बिहान ८ बजेका लागि बोलाइएको छ।

आइतबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग एक्लै वार्ता गरेका थिए। त्यस्तै, साँझ महासचिव शंकर पोखरेलसहित ओली, प्रचण्ड र माओवादीका वर्षमान पुनलगायत नेताहरुबीच छलफल भएको थियो।

Shivam cement


 

प्रकाशित: Mar 04, 2024| 08:14 सोमबार, फागुन २१, २०८०
प्रतिक्रिया दिनुहोस्