बिहीबार, चैत २६, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • परराष्ट्रमन्त्रीको फिनल्यान्ड भ्रमण अचानक रद्द, केही पाक्दैछ बालुवाटारमा ?

परराष्ट्रमन्त्रीको फिनल्यान्ड भ्रमण अचानक रद्द, केही पाक्दैछ बालुवाटारमा ?

 |  आइतबार, फागुन २०, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, फागुन २०, २०८०

काठमाडौं- मन्त्रिपरिषद्का सदस्य परिवर्तन गर्ने विषयलाई लिएर सत्तारुढ गठबन्धनमा समस्या उब्जिएको छ। योसँगै राजनीतिक भेटघाट तीव्र भएका छन्। 

National life

आइतबार साँझ नेकपा एमालेका अध्यक्ष केपी ओली, रास्वपाका सभापति रवि लामिछानेलगायत नेताहरू प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन्। 

प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफलका लागि उनीहरू छुट्टाछुट्टै बालुवाटार पुगेका हुन्। सत्ता गठबन्धनमा खटपट बढेपछि नेताहरूको दौडधुप बढेको हो। आज बिहान ओली र प्रचण्डबीच पनि भेट भएको थियो। राष्ट्रिय सभा अध्यक्षको निर्वाचनअघि नयाँ सत्ता समीकरण हुन सक्ने चर्चा छ।  

आजै एमाले, माओवादी र कांग्रेसले आन्तरिक छलफल पनि गरेका छन्। कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको तर्फबाट सरकारमा सहभागी मन्त्रीसँग निवासमा बोलाएर छलफल गरेको बुझिएको छ। 

राष्ट्रिय सभा अध्यक्ष कांग्रेसलाई दिन नसकिने भन्दै माओवादीले एमालेसँग सहकार्यको हात अघि बढाएको बताइएको छ। 

kumari

यसैबीच, प्रधानमन्त्री दाहालले मन्त्रिपरिषद् पुनर्गठन गर्ने चर्चा चलिरहँदा परराष्ट्रमन्त्री एनपी साउदको फिनल्यान्ड भ्रमण स्थगित भएको छ। मन्त्री साउद आज राति ‘सेकेन्ड यूएन एलडीसी फ्युचर फोरम’ मा सहभागी हुन फिनल्यान्ड जाने कार्यक्रम थियो। 

यसैबीच नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले गठबन्धन आफैँभित्रका समस्या र अन्तरविरोधले टुट्ने दाबी गरेका छन्। आइतबार जनकपुरमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले गठबन्धनभित्रका तमासाहरु आफूहरुले हेरिरहेको बताए। 

मुलुक सत्ता गठबन्धनको कारणले चौतर्फी संकटतर्फ गइरहेको उनको भनाइ छ। उनले शान्ति सुरक्षा, विकास निर्माण, सुशासन, रोजगारी र अन्तर्राष्ट्रिय सम्बन्धमा गठबन्धनकै कारण मुलुकले गम्भीर समस्या झेलिरहेको जिकिर गरे। उनले समाजको अग्रगतिका लागि अहिलेको गठबन्धन प्रमुख बाधक भएको समेत आरोप लगाए। 'यो गठबन्धन आफैँभित्रका समस्याहरुले, अन्तरविरोधले चर्मराइरहेको छ। कुनैपनि बेला टुट्न, फुट्न सक्छ,' उनले भने।

प्रकाशित: Mar 03, 2024| 20:26 आइतबार, फागुन २०, २०८०
प्रतिक्रिया दिनुहोस्