आइतबार, साउन १०, २०८३

मनाङ लिगको सातौं खेलमा पनि अपराजित

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- पल्सर सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत मनाङ मस्र्याङदी क्लबले शीर्ष स्थान कायमै राखेको छ । एन्फा कम्प्लेक्समा आइतबार भएको खेलमा शीर्ष स्थानको मनाङले पुछारमा रहेको मछिन्द्र क्लबलाई १-० ले पराजित गर्दै लिगमा आफ्नो अपराजित यात्रा कायमै राखेको हो । 

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा मनाङले दोस्रो हाफमा गोल गरेको थियो । मनाङले खेलमा गोल गर्न निकै समय पर्खनु पर्यो । खेल सकिन ६ मिनेट बाँकी हुँदा मनाङका लागि विदेशी खेलाडी आफिज ओलावलेले गोल गरेका थिए । 

दोस्रो हाफमा मैदान प्रवेश गरेका ओलावाले आफिजले मैदान प्रवेश गरेको केहि समयमा गोल गरेका थिए । पहिलो हाफको दोस्रो मिनेटमा मच्छिन्द्रका विशाल राईको फितलो प्रहार मनाङका गोलरक्षक विशाल श्रेष्ठले सहजै बचाए । चौथो मिनेटमा मनाङका दिपक राईको प्रहार गोलरक्षक दिप कार्कीले बचाए । 

२१औं मिनेटमा डोनाको पासमा अन्जन विष्टको प्रहार दोस्रो बारबाट थोरै बाहिरियो । २९औं मिनेटमा मच्छिन्द्रका अजित गुरुङले गोल गर्न सकेनन् । ३४औं मिनेटमा मनाङका कप्तान विराज महर्जनको पासमा अन्जनको हेडर गोलरक्षक दिप कार्कीले सहजै बचाए । 

यस जितसँगै मनाङको अंक २१ पुगेको छ । दोस्रोस्थानमा रहेको संकटाको समान ७ खेलमा १८ अंक छ भने तेस्रो स्थानमा रहेको आर्मीको १७ र चौथो स्थानमा रहेको थ्री स्टारको १६ अंक छ । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।