बिहीबार, चैत २६, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • भोजपुर पुगेका महामन्त्री शर्माले भने- चौरासीको गीत गाउन आवश्यक छैन

भोजपुर पुगेका महामन्त्री शर्माले भने- चौरासीको गीत गाउन आवश्यक छैन

 |  आइतबार, फागुन २०, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, फागुन २०, २०८०

टक्सार (भोजपुर)- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसले २०८४ को गीत गाउन आवश्यक नरहेको बताएका छन्। नेपाली कांग्रेस भोजपुरको जिल्ला सम्मेलन तथा प्रशिक्षणमा उनले अन्य दलहरूले ल्याएको ‘मिसन ८४’बाट  मुलुकमा केही पनि कायापलट नहुने भन्दै त्यसले कांग्रेसलाई कुनै असर नगर्ने स्पष्ट पारे।

National life

“लोकतन्त्रमा चुनाव हुन्छ । कांग्रेसले ८४ को गीत गाउन आवश्यक छैन, चुनावको चिन्ता नलिई काममा केन्द्रित अहिलेको आवश्यकता हो”, उनले भने। उनले राणाशासनको अन्त्य गर्दै मुलुकलाई यहाँसम्म ल्याउन नेपाली कांग्रेसको प्रमुख योगदान भएकाले सबै पक्षलाई समेटेर समाजमा देखिएको निराशा चिर्दै अगाडि बढ्नु कांग्रेसको प्रमुख दायित्व भएको बताए । 

“अरुले के गरेभन्दा पनि संयमतापूर्वक कांग्रेस अगाडि बढ्न आवश्यक रहेको छ”, महामन्त्री शर्माले भने, “नयाँ आएका ब्याण्डबाजामा सबैलाई नाचौनाचौ लागे पनि पुरानो नौमति बाजाको छुट्टै महत्व छ ।”

शर्माले एकपटक राष्ट्रपति, दुईपटक प्रधानमन्त्री, तीनपटक मन्त्री र चार पटकसम्म सांसद भएको व्यक्तिलाई पुनः सोही पदको अवसर नदिने नीति ल्याउन सकिएमा पद्धतिको विकासमा जोड दिए । 
 

प्रकाशित: Mar 03, 2024| 06:30 आइतबार, फागुन २०, २०८०
प्रतिक्रिया दिनुहोस्