शुक्रबार, चैत २०, २०८२

ललितपुर ८ विकेटले विजयी, पोखराको लगातार दोस्रो हार

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari

काठमाडौं- एभरेष्ट प्रिमियर लिग (इपीएल) टी-२० क्रिकेटमा ललितपुर प्याट्रियट्सले पोखरा पोखरा राइनोजलाई ८ विकेटले पराजित गरेको छ । यस जितसँगै ललितपुले प्रतियोगितामा आफ्नो दाेस्रो जित निकालेको हो । 

जितका लागि १ सय ६७ रनको लक्ष्य पाएको ललितपुलले निर्धारित १५.५ ओभरमा मात्र दुई विकेट गुमाउर्दै उक्त लक्ष्य भेट्टाएको हो । ललितपुरको जितका लागि गौरभ तोमारले सर्वाधिक ८२ रन जोडे । 

उनले आक्रमक ब्याटिङ गर्दै ४१ बलमा चार चौका र ८ छक्काको मद्दतमा ८२ रन जोडेका हुन् । त्यस्तै अर्का ब्याट्सम्यान जयकिसन कोल्सावालाले ५१ रनको अर्धसतकिय पारि खेले । 

उनले ३८ बलमा चार चौका र तीन छक्का प्रहार गर्दै ५१ रनको अर्धसतकिय पारी खेलका थिए । त्यस्तै सन्नी पटेल र सोनु तामाङले अविजित रहदै क्रमशः २० र ११ रन जोडेका थिए । पोखराका लागि सुसान्त भारी र पउल कोग्लिनले समान एक एक विकेट लिए । 

यसअघि त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको पोखराले निर्धारित २० ओभरको चार विकेट गुमाउदै १ सय ६६ रन बनाएको थियो । पोखराका लागि रिचार्ड लेभीले सर्वाधिक ८४ रन जोडेका थिए । 

उनले बिस्फोटक ब्याटिङ गर्दै मात्र ३९ बलमा ८४ रन जोडेका थिए । उनले तीन चौका र ९ छक्का प्रहार गरे । त्यस्तै बिनोद भण्डारीले ३४ रन जोड्द, कोट्जरले १९, पउल कग्लिनले १४ र सुनिल धमलाले १० रन जोडे । ललितपुरका लागि पवन सराफले तीन विकेट लिए । उनले ४ ओभर गर्दै मात्र ३१ रन खर्चेर तीन विकेट लिएका थिए । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।