बुधबार, चैत १८, २०८२

 लुम्बिनी महोत्सवमा कुस्ती

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
भैरहवा- तराईमा अत्यन्तै आकर्षक मानिने कुस्ती खेल लुम्बिनी महोत्सवमा आकर्षणको केन्द्र बनेको छ। महोत्सव अवलोकन गर्न आएका अधिकांश दर्शकहरु कुस्ती हेर्न तछाडमछाड नै गर्ने गरेका छन् ।

सातौँ लुम्बिनी राष्ट्रिय महोत्सव २०७५, पर्यटन, कृषि तथा राष्ट्रिय औद्योगिक व्यपार मेलाका दर्शकको मन जित्न सफल भएको कुस्ती हिजो आइतबारदेखी शुरु भएको हो। सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजनामा भइरहेको महोत्सवमा आइतबार मात्रै पुरुषतर्फ आठ खेल र महिला तर्फ एक खेल गरी जम्मा ९ खेलहरु भएका छन्। 

आइतबारको प्रतिसपर्धामा पहिलो खेलमा भारतको खलिलावादका कनहीया पहलमानलाई नेपालका इन्द्र केशले पराजित गरेका छन्। त्यस्तै भारतको गाजीपुरका मोनु पहलमानले मध्य प्रदेशका छोटा भिमलाई पराजित गरेका छन्।

गोरखपुरका सन्तोष पहलमानले वनारसका वकिललाई पराजित गरेका थिए। महिला कुस्ती खेल र पुरुषका अन्य पाँच खेल बराबरीमा टुङ्गिएको खेलकुद तथा कुस्ती व्यवस्थापन संयोजक गंगा सागर अग्रहरीले जानकारी दिए। 

हरेक दिन मध्यान्हदेखी सांझसम्म हुने खेल हेर्न तराईका जिल्ला नवलपरासी, कपिलवस्तु, रुपन्देहीका ग्रामिण क्षेत्रका जनता धेरै आउने गरेका छन्। मंसिर २३ गते देखि शुरु भएको दंगल प्रतियोगिता मंसिर २६ गते सम्म चल्ने महोत्सव मूल आयोजक समिती संयोजक कुल प्रसाद न्यौपानेले जनाए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।