शुक्रबार, भदौ १२, २०८३

पुँजीगत खर्च बढ्न नसक्नु चिन्ताको विषय : महासचिव पोखरेल

 |  शुक्रबार, फागुन १८, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन १८, २०८०

जनकपुरधाम- नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शंकर पोखरेलले सरकारले पुँजीगत खर्च बढाउननसक्नु चिन्ताको विषय भएको बताएका छन्।

आज पार्टी कार्यक्रमका लागि महोत्तरी जानुअघि जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीमाझ कुराकानी गर्दै महासचिव पोखरेलले पुँजीगत खर्च बढ्न नसक्दा आवश्यक विकास हुन नसकेको बताए।

‘पुँजीगत खर्च बढाउन सकिएको छैन। कर्मचारीको तलब दिन पनि ऋण लिन पर्ने अवस्था छ’, उनले भने। 

उनले सुशासनलगायतका विषयमा पनि सरकारको ध्यानाकर्षण गराए। ‘अब राष्ट्रियसभाको अध्यक्षको निर्वाचन आउँदैछ। यस विषयमा एमालेको कुनै चासो छैन। हामी बेथितीविरूद्ध खबरदारी गरिरहन्छौँ’, पोखरेलले भने।

प्रकाशित: Mar 01, 2024| 12:50 शुक्रबार, फागुन १८, २०८०
प्रतिक्रिया दिनुहोस्