बिहीबार, चैत २६, २०८२

सरकारलाई सभामुखको रुलिङ : २१ गते संसदमा उपस्थित भएर जवाफ दिनू

 |  शुक्रबार, फागुन १८, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन १८, २०८०

National life
kumari

काठमाडौं- सभामुख देवराज घिमिरे प्रतिनिधिसभामा सांसदले उठाएको विभिन्न विषयमा यही फागुन २१ गतेको बैठकमा जवाफ दिन सरकारलाई निर्देशन दिएका छन्।

प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख प्रतिपक्षीलगायत विपक्षी दलले समसामयिक विषयमा सरकारको जवाफ माग गरेपछि सभामुख घिमिरेले सो निर्देशन दिएका हुन्। बैठकमा सांसद सूर्यबहादुर थापा क्षेत्री र राजेन्द्र लिङ्देनले मिटरब्याज पीडित, लघुवित्त पीडित, दुग्ध किसानका समस्या समाधानका लागि सरकारले पहल नगरेको भन्दै सदन र सरकारको ध्यानाकर्षण गराए।

यसअघि पनि सांसदहरुले बालकुमारी घटना, भ्रष्टाचारका आरोप लागेका मन्त्री हटाउनुपर्नेलगायत विषयमा स्पष्ट जवाफ दिनुपर्ने माग राख्दै आएका छन्। सांसदहरुले उठाएको जिज्ञासाको जवाफ दिन सभामुखले रुलिङ गर्दै आएका थिए। 

प्रकाशित: Mar 01, 2024| 12:23 शुक्रबार, फागुन १८, २०८०
प्रतिक्रिया दिनुहोस्