बिहीबार, चैत २६, २०८२

भरतपुर पुगेर देउवाले भने- गठबन्धन टुट्दैन

 |  शुक्रबार, फागुन १८, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन १८, २०८०

चितवन- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्तागठबन्धन दलबीच कुनै समस्या नरहेको बताएका छन्। भरतपुर भ्रमण वर्ष, २०२४ को उद्घाटन समारोहमा सहभागी हुन आज यहाँ आएका पूर्वप्रधानमन्त्री देउवाले विमानस्थलमा पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै गठबन्धनले निरन्तरता पाउने बताए।

National life

एक पार्टीका नेता तथा कार्यकर्ताले अर्को पार्टीप्रति टिकाटिप्पणी गर्नुलाई सामान्य रुपमा लिनुपर्ने भन्दै उनले गठबन्धनमा कुनै समस्या नभएको बताए। पछिल्लो समय राष्ट्रियसभा अध्यक्षको हुने भन्ने विषयले चर्चा पाइरहेको भन्दै उनले यस विषयमा गठबन्धनमा आबद्ध दलबीच छलफलपछि टुङ्गो लगाइने स्पष्ट पारे। ‘कांग्रेस एक्लैले अध्यक्ष बनाउन सक्दैन, गठबन्धन दलबीच छलफलपछि मात्रै टुङ्गो लाग्छ’, उनले भने। 

भ्रमण वर्षको उद्घाटन समारोहमा सहभागी हुन पूर्वप्रधानमन्त्री समेत रहेका सभापति देउवासँगै पूर्वप्रधानमन्त्री झलनाथ खनाल, पूर्वमन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी यहाँ आएका छन्। कार्यक्रममा सहभागी हुन नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पनि यहाँ आउने कार्यक्रम छ। सोही कार्यक्रमका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्वप्रधानमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल बिहीबार नै यहाँ आइपुगेका थिए।

नारायणी नदी किनारमा दिउँसो १ बजे भ्रमण वर्षको औपचारिक उद्घाटन हुनेछ। उद्घाटनअघि आजै भरतपुरका विभिन्न ठाउँबाट बाजागाजा र झाँकीसहित र्‍याली निकालिएको छ।

प्रकाशित: Mar 01, 2024| 12:04 शुक्रबार, फागुन १८, २०८०
प्रतिक्रिया दिनुहोस्