आइतबार, साउन १०, २०८३

पोखराद्वारा ललितपुरलाई जितका लागि १ सय ६७ रनको लक्ष्य

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
फाइल तस्बिर
 
काठमाडौं- एभरेष्ट प्रिमियर लिग (इपीएल) टी-२० क्रिकेटमा पोखरा राइनोज ललितपुर प्याट्रियट्सलाई जितका लागि १ सय ६७ रनको लक्ष्य सुम्पेको छ । 

त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको पोखराले निर्धारित २० ओभरको खेलमा मात्र चार विकेट गुमाउदै १ सय ६६ रन बनाएको हो । 

पोखराका लागि रिचार्ड लेभीले सर्वाधिक ८४ रन जोडे । उनले बिस्फोटक ब्याटिङ गर्दै मात्र ३९ बलमा ८४ रन जोडेका थिए । उनले तीन चौका र ९ छक्का प्रहार गरेका थिए । त्यस्तै बिनोद भण्डारीले ३४ रन जोडे । 

उनले तीन चौका र १ छक्का प्रहार गर्दै ३४ रन जोडेका हुन् । कोट्जरले १९, पउल कग्लिनले १४ र सुनिल धमलाले १० रन जोडे । ललितपुरका लागि पवन सराफले तीन विकेट लिए । उनले ४ ओभर गर्दै मात्र ३१ रन खर्चेर तीन विकेट लिएका थिए । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।