बिहीबार, चैत २६, २०८२

नेकपा एसले राष्ट्रिय महाधिवेशनमा एउटै दस्तावेजमा छलफल गर्ने

 |  बिहीबार, फागुन १७, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन १७, २०८०

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले आसन्न १०औँ राष्ट्रिय महाधिवेशनमा वैचारिक छलफलका लागि एउटै दस्तावेज प्रस्तुत निर्णय गरेको छ।

National life

पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा आज सम्पन्न मस्यौदा समितिको बैठकमा पार्टीलाई अझ सुदृढ तथा एकीकृत गर्न  एउटै दस्तावेज छलफलमा लैजाने सर्व सम्मतिले निर्णय गरिएको केन्द्रीय प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए। अब केही नेताहरू बीचका वैचारिक मतभिन्नतालाई पनि एउटै दस्तावेजमा समावेश गरी राष्ट्रिय महाधिवेशनमा छलफल गरिने छ। 

यही फागुन १५ गतेदेखि आजसम्म केन्द्रीय कार्यालयमा भएको बैठकमा  पार्टीको समाजवादी कार्यक्रमको सैद्धान्तिक दृष्टिकोण, सङ्गठनात्मक कार्यदिशाबारे गहन छलफल भएको थियो।  देशको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमानलाई अक्षुण्ण राख्दै विविधताबीचको एकता र सद्भाव प्रवर्द्धनलाई दस्तावेजमा समेटिने प्रचार विभाग प्रमुख खतिवडाले बताए। 

महाधिवेशनमा विधान सम्मेलनमा पारित प्रतिवेदन, राजनीतिक, आर्थिकलगायत प्रतिवेदनमा थप छलफल गरिने छ। मस्यौदामा सुझाव सङ्कलन गर्न जिल्ला तहका कार्यकर्तालाई मस्यौदा पठाइसकिएको छ। उनीहरूका सुझाव समावेश गरी   तयार गरिने दस्तावेजमा पार्टीको आदर्श, वैचारिक दृष्टिकोण, कार्यदिशा, आगामी दिनमा सञ्चालन गरिने राजनीतिक गतिविधि, कार्ययोजना, राष्ट्रिय तथा अन्तरराष्ट्रिय परिस्थितिकासमावेश गरिने छ। दस्तावेज तयारीका लागि पार्टीले अध्यक्ष नेपालको नेतृत्वमा २७ सदस्यीय समिति गठन गरेको थियो।

प्रकाशित: Feb 29, 2024| 18:06 बिहीबार, फागुन १७, २०८०
प्रतिक्रिया दिनुहोस्