शुक्रबार, पुस १८, २०८२

रास्वपा सांसद कार्कीले 'जब पर्‍यो राति तब बुढी ताती' भनेपछि...

 |  बिहीबार, फागुन १७, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन १७, २०८०

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद चन्दा कार्कीले बोलेको शब्द संसद्‍को रेकर्डबाट हटाइएको छ। 

National life

बिहीबार प्रतिनिधि सभा अन्तर्गत रहेको राज्य व्यवस्था तथा सुशासन समितिमा उद्योगी व्यवसायी तथा सम्पत्ति शुद्धीकरण विभाग लगायतसँग भएको छलफलका क्रममा उनले असंसदीय शब्द बोलेको भन्दै विरोध भएपछि रेकर्डबाट हटाइएको हो।

सांसद ईश्वरी न्यौपानेले यसबारे सभापति रामहरि खतिवडाको ध्यानाकर्षण गराएकी थिइन्। सांसद कार्कीले बोल्ने क्रममा 'जब पर्‍यो राति तब बुढी ताती' भन्ने उखान प्रयोग गरेकी थिइन्।

कार्कीले बोलेको सो शब्द रेकर्डबाट हटाइएको समिति सभापति रामहरि खतिवडाले जानकारी दिए।

प्रकाशित: Feb 29, 2024| 13:49 बिहीबार, फागुन १७, २०८०
प्रतिक्रिया दिनुहोस्