काठमाडौं- सहिद स्मारक ‘ए’ डिभिजन लिगमा विभागीय टिम आर्मीले ब्रिगेड ब्वाईज क्लबलाई १-० को झिनो अन्तरले पराजित गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा आर्मीका टंक बस्नेतले गोल गर्दै ब्रिगेडलाई परासजत गरेको हो ।
खेलको एक मात्र निर्णायक गोल टंकले दोस्रो हाफमा गरेका थिए । उनले खेलको ६७ औ मिनेटमा गोल गर्दै आर्मीलाई जित दिलाएका हुन् । उनले टेकबहादुर बुढाथोकीको पासलाई सदुपयोग गर्दै हेडिङमार्फत गोल गरेका थिए ।
पहिलो हाफमा आर्मीले अपेक्षा अनुसारको प्रर्दशन गर्न नसक्दा पहिलो हाफ गोल रहित बराबरीमा सकिएको थियो । ब्रिगेडले काउन्टरमा बल खेल्दै आर्मीलाई दबाबमा राखेको छ ।
यस जितसँगै आर्मीले ७ खेलबाट १७ अंक जोड्दै तालिकाको चौथो स्थानमा उक्लिएको छ । ब्रिगेड ४ अंक सहित तालिकाको ११ औ स्थानमा छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४