बुधबार, माघ २१, २०८२

जम्मा दुई रनले हार्‍यो नेदरल्यान्ड्ससँग नेपाल

 |  बुधबार, फागुन १६, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, फागुन १६, २०८०

त्रिकोणात्मक टी-२० सिरिजअन्तर्गत नेदरल्यान्ड्सविरुद्ध नेपाल दुई रनले पराजित भएको छ। सिरिजमा नेपाल लगातार दोस्रो खेलमा पराजित भएको हो।

National life

हिजो मंगलबार भएको पहिलो खेलमा नेपाल नामिबियासँग २० रनले पराजित भएको थियो। अब नेपालले शुक्रबार नामिबिया र शनिबार नेदरल्यान्ड्ससँग खेल्न बाँकी छ।

आज बुधबार कीर्तिपुरस्थित त्रिवि मैदानमा नेदरल्यान्ड्सले दिएको १८५ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ८ विकेटको क्षतिमा १८२ रनमात्र जोड्न सक्यो।

नेपाललाई अन्तिम दुई ओभरमा ३० रन चाहिएको थियो, जसमा १९ औं ओभरमा १५ रन  जोडेको थियो। यो ओभरमा दीपेन्द्रसिंह ऐरीले  र करण केसीले एक-एक छक्का प्रहार गरे।

अन्तिम दुई बलमा चार रन चाहिदा प्रतिश जिसीले रन लिन सकेनन्। अन्तिम बलमा जिसीले एक रनमात्र लिन सक्दा नेपाल पराजित हुन पुग्यो।

Laxmi sunrise bank

नेपालका लागि कप्तान रोहितकुमार पौडेलले पनि अर्धशतक प्रहार गरे। उनले ३५ बलमा ६ चौका र २ छक्का प्रहार गरे। रोहितको यो छैटौं टी-२० अन्तर्राष्ट्रिय अर्धशतक हो। अर्धशतक प्रहार गरेलगत्तै रोहित आउट भए। कुशल मल्ल ११ रन र सन्दीप जोरा ८ रनमै आउट हुँदा सोमपाल कामीले खाता नै खोल्न सकेनन्।

नेपालले टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले ४ विकेटको क्षतिमा १८४ रन जोडेको थियो।

 

प्रकाशित: Feb 28, 2024| 15:00 बुधबार, फागुन १६, २०८०
प्रतिक्रिया दिनुहोस्