शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नयाँ शाखा थली र कमलविनायकमा

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नयाँ शाखा थली र कमलविनायकमा

 |  मंगलबार, फागुन १५, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन १५, २०८०

काठमाडौं- नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले थली र कमलविनायकमा दुई वटा नयाँ शाखाहरू विस्तार गरेको छ। बैंकले कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ५ मा थली शाखा र भक्तपुर नगरपालिका वडा नं. १० मा कमलविनायक शाखा सञ्चालनमा ल्याएको हो।

बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेले नयाँ शाखाहरूको उद्घाटन गरेका हुन्। सो कार्यक्रममा उनले नयाँ शाखाहरूबाट उत्कृष्ट बैंकिङ सेवा तथा सुविधाहरू दिने बताए। बैंकले हाल देशभरिमा दुई सय ७० शाखा, ६३ वटा एक्सटेन्सन काउन्टर, एक सय १३ वटा शाखारहित बैंकिङ र दुई सय ६४ वटा एटीएममार्फत सेवा प्रदान गरिरहेको छ।

प्रकाशित: Feb 27, 2024| 13:47 मंगलबार, फागुन १५, २०८०
प्रतिक्रिया दिनुहोस्