बिहीबार, चैत २६, २०८२

बिवाइडीले ल्यायो 'नेपाली अब युरो कपमा' स्किम

 |  मंगलबार, फागुन १५, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन १५, २०८०

काठमाडौं- बिवाइडीको नेपालको लागि अधिकृत वितरक साइमेक्स इंकले युइएफए–युनियन अफ युरोपियन फुटबल एसोसिएसन) युरो २०२४ को अवसरमा 'नेपाली अब यूरो कपमा' स्किम ल्याएको छ।

National life

फुटबल प्रेमी ग्राहकहरूलाई जर्मनीमा गई प्रत्यक्ष युइएफए युरो २०२४ का रोमाञ्चक खेलहरू हेर्ने मौका रहेको प्रमुख कार्यकारी अधिकृत (सिइओ) साहिल श्रेष्ठले बताए। उनका अनुसार बिवाइडी युइएफए यूरो २०२४ को अधिकृत इ–मोबिलिटी पार्टनर हो।

युइएफए युरो कप सन् २०२४ जुन १४ देखि जुलाई १४ सम्म जर्मनीका १० वटा विश्व प्रसिद्ध स्टेडियमहरूमा आयोजना हुँदैछ। युइएफए र न्यू इनर्जी भेहिकलको विश्वमै प्रमुख निर्माता बिवाइडीबीचको यो सम्झौता च्याम्पियनसिपको इतिहासमा पहिलो पटक भएको कम्पनीको भनाइ छ।

नविन प्रयोग र आविष्कारका साथ ग्राहकको सन्तुष्टिमा सदैव प्रतिवद्ध साइमेक्स प्रालिका अनुसार ११ भाग्यशाली विजेताहरूले युइएफए यूरो २०२४ मा उपस्थित भई फुटबल खेलको प्रत्यक्ष रूपमा मनोरन्जन लिने अवसर पाउने छन्।

यस स्किमले ग्राहकहरूलाई फुटबलको प्रत्यक्ष अनुभव गर्ने अविस्मरणीय अनुभव प्रदान गर्ने लक्ष्य कम्पनीले राखेको छ।

kumari

साइमेक्स इंकले विद्युतीय सवारी साधनको क्षेत्रमा उत्कृष्टता र नवीनतालाई प्रेरित गर्दै ग्राहकहरूलाई अविस्मरणीय अनुभव प्रदान गर्न प्रतिवद्ध रहेको बताएको छ।

 

प्रकाशित: Feb 27, 2024| 13:46 मंगलबार, फागुन १५, २०८०
प्रतिक्रिया दिनुहोस्