बिहीबार, चैत २६, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको साधरणसभा सम्पन्न

यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको साधरणसभा सम्पन्न

 |  मंगलबार, फागुन १५, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन १५, २०८०

काठमाडौं– यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको ३० औं वार्षिक साधारण सभा (मर्जर पछिको पहिलो साधारण सभा) सम्पन्न भएको छ।

National life

साविकको यूनाइटेड इन्स्योरेन्स कम्पनी लिमिटेड र साविकको अजोड इन्स्योरेन्स लिमिटेड एक आपसमा गाभिए पश्चात संयुक्त रुपमा यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको नामबाट मिति २०८० जेठ १४ गतेबाट एकीकृत कारोबार भएको थियो । मर्जर पश्चात कम्पनीको चुक्ता पूँजी १,९०,४५,६८,००० कायम भएको थियो।

सभामा संचालक समितको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७९/८० को साविक अजोड इन्स्योरेन्स लिमिटेड साथै यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको लेखापरीक्षण प्रतिवेदन सहितको लेखापरीक्षण गरिएको २०८० साल आषाढ मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रभाह विवरण तथा सोसँग सम्बन्धित अनुसूचीहरु पारित गरियो। आर्थिक वर्ष २०८०/८१ का लागी बाह्य लेखापरीक्षक जेबि राजभण्डारी एण्ड दिबिन्स, चार्टर्ड एकाउन्टेन्टस्लाई नियुक्त गरियो।

कम्पनीको हाल कायम चुक्ता पुँजीको १०.२६१२ (दश दशमलव दुई छ एक दुई) प्रतिशतले हुन आउने रकम उन्नाइस करोड चौवन्न लाख बत्तीस हजार र कर प्रयोजनका लागि नगद लाभांश ०.५४०१ (शून्य दशमलव पाँच चार शून्य एक) प्रतिशतका दरले हुने रकम एक करोड दुई लाख पचासी हजार आठ सय चौरानब्बे र चौहत्तर पैसा नगद लाभांश वितरण गर्न स्वीकृति प्रदान गर्ने तथा सोहि बमोजिम प्रबन्धपत्र नियमावलीमा आवश्यक संशोधन गर्ने निर्णय गरियो।

यसैगरी नियमावलीमा संचालकको संख्या र कार्यकाल र नियुक्ती सम्बन्धमा आवश्यक संशोधन गर्न स्वीकृति प्रदान गरियो। साथै संचालक समितिको सदस्यहरुको निर्वाचन भई संस्थापक शेयरधनीतर्फ अजाद श्रेष्ठ, प्रणव कुमार दास (प्रतिनिधि सि.जि. फुडस् नेपाल लि. को तर्फबाट) र बलराम खनाल (प्रतिनिधि चौधरी ग्रुप प्रालिको तर्फबाट) निर्विरोध निर्वाचित भए भने सर्वसाधारण शेयरधनीतर्फ पानु दत्त पौडेल र शम्भु अधिकारी निर्विरोध रुपमा निर्वाचित भए।

kumari

 

प्रकाशित: Feb 27, 2024| 13:46 मंगलबार, फागुन १५, २०८०
प्रतिक्रिया दिनुहोस्