धनगढी- धनगढी स्थित सेती अञ्चल अस्पतालमा एक महिलाले तिम्ल्याहा सन्तानलाई जन्म दिएकी छन् ।
कैलालीको गौरीगंगा नगरपालिका–३ का लोकराज जोशी २७ वर्षीया पत्नी निर्मला जोशीले तिम्ल्याहा सन्तानलाई जन्म दिएकी हुन् ।
सेती अञ्चल अस्पतालका अनुसार उनले आधा आधा घन्टाको फरकमा दुई छोरा र एक छोरीको जन्म दिएकी हुन् । सुरुमा डेढ किलो तौलकी छोरीलाई जन्म दिएकी निर्मलाले त्यसपछि एक किलोको छोरालाई जन्म दिईन । त्यसको झण्डै आधा घण्टापछि तेस्रो सन्तानका रुपमा दुई किलो तौलको छोरालाई जन्म दिईन ।
दोस्रो शिशु उल्टो अवस्थामा थियो,अप्रेशनमा सहभागी एक चिकित्सले भने, तीन वटै नवजात शिशु र आमाको स्वास्थ्य अवस्था ठिक छ ।
समयभन्दा पहिले जन्मिएकाले तीन वटै शिशुको तौल कम रहेको एक चिकित्सकले अस्पतालले जनाएको छ । करीव साढे सात महिनामा निर्मलाले सुत्केरी भएकी हुन् । तीनवटै शिशुलाई एनआईसियुमा राखिएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४