शुक्रबार, भदौ १२, २०८३

सेञ्चुरी बैंकका दुई पूर्व सीईओसहित १० जना पक्राउ

 |  मंगलबार, फागुन १५, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन १५, २०८०

काठमाडौं- सेञ्चुरी बैंकका तत्कालीन सीईओ मनोज न्यौपानेसहित १० जना पक्राउ परेका छन्।

पक्राउ पर्ने अन्यमा सेञ्चुरीकै अर्का पूर्व सीईओ तुलसीराम गौतम, पूर्वकर्मचारीहरु दीलिप बराल, दिपेश प्रधान, रमण श्रेष्ठ, राजेश भण्डारी, सविन घिमिरे, सुवास बहादुर श्रेष्ठ, अनुपमा श्रेष्ठ प्रधान र सुनील बस्नेत हुन्।

उनीहरु सबै ऋण हिनामिना आरोपमा पक्राउ परेका हुन्। सेन्चुरी बैंक हालैमात्र प्रभुमा मर्ज भएको थियो। गत पुसमा प्रभु बैंकले सेञ्चुरीलाई १:१ को स्वाप अनुपातमा प्राप्ति गरेको हो। सेञ्चुरी बैंकमा रहँदा भएको घटनामा उनीहरूलाई पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ।

कमसल धितो राखेर उनीहरुले बैंकिङ कसुर गरेको बताइएको छ। उनीहरुविरुद्ध नेपाल राष्ट्र बैंक अन्तर्गतको कसुरमा अनुसन्धान भइरहेको छ।

प्रकाशित: Feb 27, 2024| 12:08 मंगलबार, फागुन १५, २०८०
प्रतिक्रिया दिनुहोस्