बिहीबार, असार ११, २०८३

चिराइतोले भाउ पाउँदा संखुवासभाका किसान उत्साहित

 |  सोमबार, फागुन १४, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, फागुन १४, २०८०

संखुवासभा- बहुउपयोगी जडीबुटी चिराइतोको मूल्य बढेपछि संखुवासभाका किसान उत्साहित भएका छन्। विगतका वर्षको तुलनामा यस वर्ष चिराइतोको मूल्यमा वृद्धि भएपछि संखुवासभासहित पूर्वी पहाडी जिल्लाका किसान उत्साहित भएका हुन्। गत वर्ष चिराइतोको मूल्य कम हुँदा किसान प्रभावित थिए।

National life

अहिले चिराइतो प्रतिमन (४० केजी) ४४ हजार रुपैयाँका दरले कारोबार भइरहेको चिराइतो व्यवसायी आङजुङ भोटेले बताए। केही वर्षअघि प्रतिकिलो २०० मा कारोबार हुने गरेको चिराइतो अहिले प्रतिकिलो ११ सयमा किनबेच भइरहेको उनले बताए।

सोलुखुम्बु, दोलखा, रामेछाप र ओखलढुंगाबाट संकलन भएको पाँच हजार किलोग्राम चिराइतो काठमाडौँ पठाइसकेको उनको भनाइ छ। संखुवासभाको भोटखोला गाउँपालिका र भोजपुर जिल्लाबाट संकलन गरिएको करिब दुई हजार ८०० किलो चिराइतो जिल्लाबाहिर पठाउन लागिएको व्यवयासी भोटेले बताए। हिमाली तथा पहाडी जिल्लामा चिराइतोलगायत जडीबुटीलाई प्रमुख आम्दानीको स्रोतका रूपमा लिने गरिएको छ।

चिराइतो चीन, भारत र बांग्लादेश निकासी हुँदै आएको छ। किसानले यस वर्ष चिराइतोबाट राम्रो आम्दानी लिएको व्यवसायी भोटे बताउँछन्। आफू पनि जडीबुटी खेतीमा आबद्ध रहेकाले अन्य किसानको चिराइतो संकलन गरेर बाहिर पठाएको उनको भनाइ छ।

अहिले विभिन्न गाउँबस्तीमा व्यापारीले धमाधम चिराइतो खरिद गर्न थालेका छन्। ज्वरो, दम, रुघाखोकी, मधुमेह, पिसाब पोल्ने, पेटको जुका, जिउ सुन्निएको, पोलेको आदि रोगका लागि यसका पात, डाँठ, जरा औषधिका रूपमा प्रयोग हुने गरेको छ। 

Shivam cement

प्रकाशित: Feb 26, 2024| 21:01 सोमबार, फागुन १४, २०८०
प्रतिक्रिया दिनुहोस्