शुक्रबार, भदौ १२, २०८३

यस्ता छन् आगामी बजेटका प्राथमिकता [पूर्णपाठ]

 |  सोमबार, फागुन १४, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, फागुन १४, २०८०

प्रतिनिधिसभामा आर्थिक वर्ष २०८१-८२ को ‘बजेटका सिद्धान्त र प्राथमिकता’ पेश भएको छ।  सोमबारको बैठकमा अर्थमन्त्री डा.प्रकाशशरण महतले आगामी वर्षका बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका हुन्।

सरकारले बजेटमाथि पर्याप्त छलफल गर्नका लागि तीन महिनाअघि नै छलफल थाल्ने गरी बजेटका सिद्धान्त र प्राथमिकता संसद्मा पेस गरेको हो। बजेटको सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै मन्त्री महतले मुलुकको अर्थतन्त्र लयमा फर्किँदै गरेको भए पनि चुनौती अझै कायम रहेको बताए।

संसद्मा पेस भएको प्रि–बजेट प्रस्तावमाथि फागुन २१ देखि सांसदहरूले दलीय आधारमा छलफल गर्ने कार्यतालिका तय छ। प्रि–बजेट छलफलका लागि फागुन २१, २२, २३, ३० चैत १, २ र ४ गतेका लागि समय तोकिएको सभामुख देवराज घिमिरेले जानकारी दिएका छन्।

प्रकाशित: Feb 26, 2024| 14:04 सोमबार, फागुन १४, २०८०
प्रतिक्रिया दिनुहोस्