आइतबार, साउन १०, २०८३

‘ए’ डिभिजन लिग : आज मनाङ र आर्मी अपराजित रहलान् ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- पल्सर सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत सोमबार विभागिय टोली त्रिभुवन आर्मी क्लबले ब्रिगेड ब्वाइजको सामना गर्दै छ भने दोस्रो खेलमा शीर्ष स्थानको मनाङ मर्स्याङदीविरुद्ध मछिन्द्र भिड्दै छ ।

दुबै खेल सातदोबाटोस्थित एन्फ कम्प्लेक्सको मैदानमा हुनेछ । त्रिभुवन आर्मी र ब्रिगेड ब्वाइजबीचको खेल बिहान ११ बजेबाट सुरु हुने छ भने मनाङ र मछिन्द्रबीचको दोस्रो खेल दिउँसो २:३० बजेबाट सुरु हुनेछ ।

आर्मीले यस सिजन लिगमा अहिले सम्म ४ खेलमा जित र २ बराबरी खेलेको छ । यता ब्रिगेड ब्वाइजले भने १ खेलमा जित र १ बराबरी र ४ खेलमा पराजित हुँदै ४ अंक जोडेको छ । ११ औं स्थानमा रहेको ब्रिगेड ब्वाइज आजको खेलमा पराजित भए एक स्थान तल झर्नेछ ।

दोस्रो खेलमा मनाङले जितविहिन र गोलविहिन रहेको मछिन्द्रको सामना गर्दैछ । जारी लिगमा मछिन्द्र गोल गर्न नसक्ने एकमात्र टोली हो । मछिन्द्रले ६ खेलमा ३ बराबर र ३ हारसहित ३ अंक जोडिको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।