शुक्रबार, जेठ ४, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • नेपाल मेडिकल तथा ल्याब एक्स्पो १७ देखि १९ फागुनसम्म काठमाडौंमा हुने

नेपाल मेडिकल तथा ल्याब एक्स्पो १७ देखि १९ फागुनसम्म काठमाडौंमा हुने

 |  आइतबार, फागुन १३, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, फागुन १३, २०८०

काठमाडौं- सातौं नेपाल मेडिकल तथा ल्याब एक्स्पो आगामी १७ देखि १९ फागुनसम्म काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन हुने भएको छ। एसडी प्रोमो मिडियाले ईईपीसी भारत र केमीकल एण्ड मेडिकल सप्लायर्स एसोसिएशन अफ नेपाल (केमसान)सँगको सहकार्यमा यो एक्स्पोको आयोजना गर्न लागेको हो।

triton college

प्रदर्शनीमा नेपाल, भारतसहित अरु ६ वटा देशका गरी कुल ३०० वटा स्टल राखिने बताइएको छ। त्यसमा स्वास्थ्य उपचारका लागि आवश्यक नयाँ नयाँ प्रविधि, उत्पादन र आविस्कारहरु तथा विश्वभाका मेडिकल टेक्नोलोजी, डाइग्नोष्टिक, ल्यावरेटोरीहरुको प्रदर्शनी हुने आयोजकले जानकारी दिएको छ।

‘यस प्रदर्शनीमा खासगरी हेल्य केयर, फार्मास्यिुटिकल्स तथा रिसर्च सेन्टरले प्रयोग गर्दै आइरहेका सामग्रीहरुको प्रदर्शन गरिनेछ। यसले खरीदकर्तालाई नयाँ उत्पादनबारेमा बुझ्न मौका मिल्नेछ, व्यापार प्रवर्द्धनमा पनि सघाउने छ र मुख्य कुरा देशको मेडिकल क्षेत्रले नयाँ नयाँ टेक्नोलोजीबारे जान्ने अवसर पाउने छ,’ आयोजक मध्येका एक केमसान नेपालका अध्यक्ष भक्त हमालले भने। उनले गत वर्ष भएको छैटौं संस्करणपछि पाएको सकारात्मक प्रतिकृयाले सातौं एक्स्पोका लागि सहयोग पुगेको समेत जानकारी दिए।

उनका अनुसार एक्सोमा विभिन्न स्तरका नयाँ नयाँ प्रयोगहरु तथा विविध उत्पादनबारे जान्ने अवसर प्रदान गर्नुका साथै क्रेता र बिक्रेताबीच साझा मञ्चमा ल्याउन सक्नेछ। हमालले प्रदर्शनीमा अस्पताल प्रमुख, डाक्टर, नर्स तथा अनुसन्धानका क्षेत्रमा लागेको स्वास्थ्य बैज्ञानिकका लागि चिनिने र चिनाउने अवसर भएको समेत बताए।

एसडी प्रोमो मिडिया प्रालिका परियोजना प्रमुख अनुरोध परासरले अघिल्ला संस्करण भन्दा यो संस्करण फरक हुने भन्दै विभिन्न मूल्यका नवीन उपकरण तथा सामग्रीहरुको बारेमा देशभरीका ग्राहकहरुको माग सम्वोधनका लागि प्रयास गर्ने बताए। उनले एक्स्पोबाट साना तथा ठूला कम्पनीहरुलाई एक अर्कासँग परिचय तथा सम्वन्ध बढाउँदै आफ्ना सृजनाहरुलाई परिचित गराउने सुनौलो अवसर दिने बताए।

corrent noodles
Metro Mart

नेपालको मेडिकल क्षेत्रमा औषधि बाहेक केमिकल तथा मेडिकल सप्लाई, ल्याब्रोटोरिज लगायतका वस्तुहरुको वार्षिक व्यापार २० अर्ब बढीको हुने अनुमान गरिएको छ।

प्रकाशित: Feb 25, 2024| 17:04 आइतबार, फागुन १३, २०८०
प्रतिक्रिया दिनुहोस्