आइतबार, साउन १०, २०८३

ब्राजिलियन खेलाडीलाई पछि पार्दै रोहित उत्कृष्ट खेलाडी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- नेपाली राष्ट्रिय फुटबल टिमका भरपर्दा मिडफिल्डर रोहित चन्द इन्डोनेसियन लिग वनमा सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । अघिल्लो साता इन्डोनेसिया लिगको उत्कृष्ट खेलाडीको मनोनयनमा परेका रोहित अन्तत लिगको उत्कृष्ट खेलाडी घोषित भएका हुन् । 

सार्वजनिक गरेको मनोनयनमा पर्सिजा जाकार्ताका मिडफिल्डर रोहितसँगै अन्य दुई खेलाडी रहेका थिए । रोहितसँगै उत्कृष्ट खेलाडीको मनोनयनमा पर्सबायाका ब्राजिलियन फरवार्ड डेविड डे सिल्भा र पीएसएम मकासरका डच मिडफिल्डर विलेम जान प्लम रहेका थिए । 

उनले दुबै खेलाडीलाई पछि पार्दै उपाधि जितेका हुन् । रोहितको लगातार उत्कृष्ट प्रदर्शनको मदतले पर्सिजाले लिग उपाधि जित्न सफल रहयो । लिगको ३१ खेल खेलेका रोहितले ३ गोल र २ असिस्ट प्रदान गरे । 

रक्षात्मक मिडफिल्डरको भूमिका निभाएका रोहितले गोलको तथ्यांकमा उल्लेख्य प्रदर्शन नगरेपनि उनले मैदानमा भने निकै राम्रो प्रदर्शन गरेका थिए । लिगको उपाधि आइतबार उनकै टोली पर्सिजा जकार्ताले जितेको छ । अन्तिम खेलमा मिट्रा कुकारलाई २-१ ले पराजित गर्दै पर्सिजाले लिग उपाधि जितेको हो ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।