शुक्रबार, जेठ ४, २०८१

सिटी एक्सप्रेसका विजेतालाई उपहार प्रदान

 |  आइतबार, फागुन १३, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, फागुन १३, २०८०

सिटी एक्सप्रेस मनी ट्रान्सफरले ‘विदेशबाट सिटी पठाऔं, पठाको भन्दा १० गुणा बढी पाऔं’ योजनाको उपहार हस्तान्तरण गरेको छ । योजनाअन्तर्गत मेगा बम्पर उपहार साउदी अरबबाट रेमिटान्स पठाउने राजु तामाङलाई पाँच लाख ३० हजार ७५० र कोरियाबाट रेमिटान्स पठाउने सुबास लिम्बुलाई एक लाख रुपैयाँ हस्तान्तरण गरिएको छ ।

triton college

कार्यक्रममा सिटी एक्सप्रेसका साझेदार साउदीस्थित टेलिमनी बैंकबाट फाहाद अब्दुल्लाह अल्जोवैद, सिटी एक्स्प्रेस मनी ट्रान्सफरका ब्राण्ड एम्बेसडर जितु नेपालको उपस्थिति थियो ।

कम्पनीले गत असोज १५ देखि मंसिर १५ गतेसम्म चल्ने गरी विदेशबाट सिटी पठाऔं, पठाको भन्दा १० गुणा बढी पाऔं उपहार योजना घोषणा गरेको थियो ।

सोही योजनाअन्तर्गत लक्की ड्रमार्फत हरेक महिना १ जनालाई जनही एक लाख, हरेक हप्ता ५ जनालाई जनही २५ हजार साथै ६१ दिन लगातार हरेक दिन १०० जना विजेतालाई जनही पाँच हजारको वालेट टप्अप् र अन्त्यमा एक जना भाग्यशाली बम्पर बिजेताले आफूले पठाएको रकमको १० गुणा बढी रकम पाउने योजनामा रहेको थियो । जसअन्तर्गत ६१०० जनाले दैनिक उपहार, ४५ जनाले साप्ताहिक उपहार र २ जनाले मासिक उपहार जित्न सफल भएका छन् ।

प्रकाशित: Feb 25, 2024| 12:48 आइतबार, फागुन १३, २०८०
प्रतिक्रिया दिनुहोस्