आइतबार, असोज ५, २०८२

एनसेल सामाजिक पहलका लागि १६५ प्रस्ताव

 |  आइतबार, फागुन १३, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, फागुन १३, २०८०

एनसेलले व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर) अन्तर्गत ‘एटीन फर एटीन’ अर्थात् ‘१८ का लागि १८ विकास कार्य’ का लागि गरेको आह्वानमा १६५ प्रस्ताव आएका छन्। १८औं वार्षिकोत्सव अवसरमा समुदाय स्तरमा लागू हुने गरी कार्यक्रम घोषणा गरेको थियो। त्यसका लागि सातै प्रदेशबाट प्रस्ताव आएको कम्पनीले जनाएको छ।

Kumaribank

यसका लागि एनसेलले माघ १७ गतेसम्म प्रस्ताव आह्वान गरेको थियो। सातै प्रदेशका गैरनाफामूलक संस्थाहरूबाट स्थानीय समुदायलाई हित गर्ने कुनै पनि सामुदायिक विकास परियोजनाका लागि आवेदन मागेको थियो।

देशैभरिबाट शिक्षा, स्वास्थ्य, वातावरण, विपद् व्यवस्थापन तथा प्रतिकार्य र जीविकोपार्जन सहयोग लगायत क्षेत्रमा विकास कार्य गर्न उत्साहजनक रूपमा प्रस्ताव प्राप्त भएको कम्पनीले जनाएको छ। अहिले प्रस्ताव अध्ययन भइरहेको र समुदायमा पार्ने प्रभाव, त्यसको दिगोपना, आयोजनालाई थप विस्तार गर्न सकिने सम्भावना लगायत आधारमा कार्यक्रम छानिने भएको छ।

छनोट भएका प्रस्तावले १० लाख रुपैयाँ प्राप्त गर्नेछन्। यस सामाजिक पहल अन्तर्गत १८ आयोजना छानिनेछन्। प्रत्येक प्रदेशमा दुई आयोजना लागू गरिनेछन्। बाँकी चार आयोजना प्रस्तावको महत्त्व र प्रभावका आधारमा छानिएका प्रदेशमा कार्यान्वयन गरिने एनसेलले जनाएको छ।

प्रकाशित: Feb 25, 2024| 12:04 आइतबार, फागुन १३, २०८०
प्रतिक्रिया दिनुहोस्