आइतबार, साउन १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • चार राजदूतको नाम अनुमोदन, भारतका लागि नीलाम्बर आचार्य

चार राजदूतको नाम अनुमोदन, भारतका लागि नीलाम्बर आचार्य

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- संघीय संसद्, संसदीय सुनुवाइ समितिले सरकारले विभिन्न चार मुलुकमा राजदूतका लागि प्रस्ताव गरेका नामलाई सर्वसम्मतिले अनुमोदन गरेको छ । 

समितिको आइतबारको बैठकले प्रस्तावित राजदूतको योग्यता, सोच, कार्ययोजना र अवधारणा सुनेपछि उनीहरुको नाम सर्वसम्मतिले स्वीकृत गरेको समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए। 

मन्त्रिपरिषद्को कात्तिक २५ गतेको बैठकले भारतका लागि नीलाम्बर आचार्य, मलेसियाका लागि उदयराज पाण्डे, संयुक्त अरब इमिरेट्सका लागि कृष्णप्रसाद ढकाल र इजरायलका लागि राजदूतमा डा अञ्जान शाक्यको नाम सिफारिश गरी संसदीय सुनुवाइका लागि समितिमा पठाएको थियो । उहाँहरुमध्ये आचार्यसँग पूर्वमन्त्री एवं पूर्वराजदूत भएको अनुभव छ भने पाण्डे पनि यसअघि राजदूतको जिम्मेवारी सम्हालीसकेका छन्।  

परराष्ट्र मन्त्रालयका सहसचिव ढकालले यसअघि नयाँ दिल्लीस्थित नेपाली राजदूतावासमा कार्यवाहक राजदूतको जिम्मेवारी डेढ वर्ष सम्हालेका समितिलाई जानकारी दिए।  

परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको उपकार्यकारी निर्देशकलगायतका विभिन्न जिम्मेवारीमा रहेर काम गर्नुभएकी डा शाक्यले मुलुकको राष्ट्रिय हितलाई सर्वाेपरी राखेर सरकारको विकास र समृद्धिको लक्ष्यलाई आधार बनाएर आफूले कार्यसम्पादन गर्ने बैठकसमक्ष प्रतिबद्धता जनाए। 

चारैजना प्रस्तावित राजदूतले मुलुकको राष्ट्रियहित र स्वाभिमानलाई उच्च सम्मान गर्दै आर्थिक कूटनीतिकका माध्यमबाट मुलुकमा पर्यटन प्रवद्र्धन तथा नयाँ प्रविधिका साथसाथै वैदेशिक लगानी भित्र्याउने कार्यलाई प्राथमिकतामा राखेर काम गर्ने अठोट व्यक्त गरेका थिए। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।