कात्तिक दोस्रो साता गृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीक थापाले प्रहरीका एक एसपीलाई नक्सालस्थित एक होटलमा बोलाए । गृहमन्त्रीका स्वकीय सचिवसमेत रहेका प्रतीकलाई भेट्न ती एसपी नक्सालस्थित एक होटलमा पुगे।
संघीय सरकार बनेपछि पहिलोपल्ट बसेको अन्तरप्रदेश परिषद् बैठक भोलि फेरि बस्ने भएको छ। आजको बैठकमा चार जना मुख्यमन्त्रीले आफ्नो धारणा राखको र बाँकी तीन जना मुख्यमन्त्रीले धारणा राख्ने कार्यतालिका छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार नगर्ने आफ्नो सङ्कल्पलाई सूक्ष्मरुपमा हेर्न मिल्ने चस्मा (म्याग्निफाइड ग्लास) लगाएर हेरिदिन नागरिक समाजलाई आग्रह गरेको छ।
'सबैको काङ्ग्रेस, सधैँको काङ्ग्रेस’ अभियानको सुरुवात गरिएको छ। नेपाली काङ्ग्रेस नुवाकोटका युवाहरुबाट शुरुआत गरिएको ‘सबैको काङ्ग्रेस, सधैँको काङ्ग्रेस’ अभियानको नेपाली काङ्ग्रेसका पूर्वमहामन्त्री कुलबहादुर गुरुङले उद्घाटन गरेका छन्।
अर्थमन्त्री युवराज खतिवडाको राजिनामा मागसँगै नेप्से बजार दोहोरो अंकले बढेको छ। यस साताको नेप्से कारोबारको पहिलो दिन आइतबार नेप्से १०.८५ अंकले बढेर एक हजार १३१.७० बिन्दुमा पुगेको छ। ‘क’ वर्ग कम्पनी मापन गर्ने सेन्सेटिभ इन्डेक्स समेत २.६८ अंक बढेर २४१.०२ बिन्दुमा पुगेको छ।
पछिल्लो तीन तहको निर्वाचनपछि मधेशको राजनीतिमा दुई मधेश केन्द्रित दल अघि आएको छ। निर्वाचनका परिणाम अनुसार प्रदेश २ मा राष्ट्रिय जनता पार्टी (राजपा) र संघीय समाजवादी फोरम नेपाल दुई शक्तिशाली राजनीतिक दल बन्न सफल भएका हुन्।
प्रधानमन्त्री केपी ओली भाषण कला र उखान टुक्काले धेरैलाई आकर्षित गर्छन्। औपचारिक तथा अनौपचारिक कार्यक्रममा ओली घन्टौं बोल्छन्। लामो समय बोल्ने प्रधानमन्त्रीमा ओलीको नाम अगाडि नै आउँछ।
त्रेता युगमा भगवान राम र सीताबीच विवाह भएको मान्यता अनुसार विवाहपञ्चमी महोत्सवको साताव्यापी कार्यक्रम अन्तर्गत आइतबार धनुषयज्ञ कार्यक्रम सम्पन्न भएको छ।
भेरीगंगा-१२ छिन्चुस्थित चोकमा सानो घर छ। नेपालगञ्जबाट आएका बसहरु सुर्खेत र जाजरकोटतिर छुट्टिने तीन कुने चोक। त्यही चौकमै छ एउटा दुई कोठे सानो घर। टिनको पाताले छाए पनि पहेँलो कलरले चिटिक्क देखिन्छ।
राप्रपा अध्यक्ष कमल थापाले हिन्दु धर्मावलम्बीलाई चिड्याउनु आगोसँग खेल्नुजस्तै भएको बताएका छन् । झापाको बिर्तामोडमा शनिबार राष्ट्रिय प्रजातन्त्र पार्टीले आयोजना गरेको हिन्दु राष्ट्र पुनः स्थापना जनजागरण कार्यक्रममा थापाले केही दिनअघि काठमाडौंमा भएको युनिभर्सल पिस फेडेरेसनको कार्यक्रमलाई लक्षित गर्दै आगोसँग नखेल्न सरकारलाई चेतावनी दिएका हुन्।
नागरिक समाजका अगुवा र उपभोक्तावादीले सांसद विकास कोष खारेज गर्न माग गरेका छन्। सांसद विकास कोषले भ्रष्टाचारलाई बढाएको ठहर गर्दै उनीहरूले यसलाई खारेज गर्न माग गरेका हुन्।
आरएनआर ग्रुपले अमेरिकामा नेपालका सुन्दरीका तस्बिर समावेश गरिएको क्यालेन्डर सार्वजनिक गरेको छ। अमेरिकामा रहेर नेपाली कार्यक्रमहरु गर्दै आएको आरएनआरले नेपालका बाह्र सुन्दरी र अमेरिकाका केही सुन्दरीका तस्बिर समावेश गरेर क्यालेन्डर सार्वजनिक गरेको हो।
बलिउड अभिनेता धर्मेन्द्रले शनिबार आफ्नो ८३ औं जन्मदिन मनाए। उनको जन्मोत्सवका तस्बिर छोरा बबी देओल र छोरी इशा देओलले सामाजिक सञ्जालमा पोस्ट गर्दै बुबालाई शुभकामना दिएका थिए।
स्पेनिस ला लिगामा बार्सिलोनाले इस्पान्योलमाथि ४-० को शानदार जित निकाल्दा कप्तान लियोनल मेस्सीले नयाँ रेकर्ड बनाएका छन् । एनले एकै खेलमा फ्रि किककार्फत दुई गोल गर्दै ला लिगाको इतिहासमा नयाँ रेकर्ड रचेका छन्।
नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने आइतबार राति अष्ट्रेलिया जाने भएका छन्। उनी अष्ट्रेलियाको उच्च डिभिजनको क्रिकेट लिग बिग बास खेल्न आइतबार राति अष्ट्रेलिया जान लागेका हुन्।
उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...