बिहीबार, चैत १२, २०८२

यस्तो छ आजको मौसम

 |  शनिबार, फागुन १२, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, फागुन १२, २०८०

काठमाडौं- पश्चिमी भूभागका केही स्थानमा शुक्रबार बदली, वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

National life

महाशाखाका अनुसार गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागको केही स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ। ती क्षेत्रका उच्च पहाडी तथा हिमाली भूभागका स्थानमा हल्का हिमपातको सम्भावना छ।

अन्य भूभागको मौसम भने सामान्यतया सफा नै रहने छ।

आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ४.४ डिग्री सेल्सियस मापन गरिएको छ। पानी परेसँगै घटेको न्यूनतम तापक्रम अब क्रमशः पुनः बढ्ने महाशाखाले जनाएको छ।

प्रकाशित: Feb 24, 2024| 09:25 शनिबार, फागुन १२, २०८०
प्रतिक्रिया दिनुहोस्