बिहीबार, चैत २६, २०८२

प्रधानमन्त्रीद्वारा नवनियुक्त उपकुलपति बराललाई शुभकामना

 |  शुक्रबार, फागुन ११, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन ११, २०८०

National life
kumari

काठमाडौं- प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्राडा केशरजङ्ग बराललाई हार्दिक बधाई एवम् सफल कार्यकालको शुभकामना व्यक्त गरे।

प्रधानमन्त्री दाहालसँग आज भएको भेटमा उपकुलपति बरालले त्रिभुवन विश्वविद्यालय र यसमार्फत नेपालको उच्च शिक्षालाई सुधार गर्न आफूले प्राप्त गरेको जिम्मेवारीलाई पूरा गर्ने तथा कुलपतिको सुशासन, सामाजिक न्याय र समृद्धिको अभियानमा योगदान गर्ने बताए। 

उपकुलपति बरालले शैक्षिक क्यालेन्डर लागू गर्ने, शैक्षिक कार्यक्रमलाई सही मार्गमा ल्याउने, पाठ्यक्रम परिमार्जन गर्ने, स्वच्छ शैक्षिक वातावरण निर्माण गर्न सरोकारवालालाई विश्वासमा लिई काम गर्ने, उच्च शिक्षाको गुणस्तर निर्माण गर्दै बन्चितिकरणमा परेका तल्लो वर्गलाई शिक्षामा अवसर प्रदान गर्ने तथा शैक्षिक मर्यादा र अनुशासनमा सम्झौता नगर्ने आफ्नो अठोट रहेको बताएको प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए। 

प्रकाशित: Feb 23, 2024| 18:22 शुक्रबार, फागुन ११, २०८०
प्रतिक्रिया दिनुहोस्