बिहीबार, असार ११, २०८३

चन्द्रमामा फर्कियो अमेरिका

 |  शुक्रबार, फागुन ११, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन ११, २०८०

काठमाडौं- अमेरिकाको एउटा निजी कम्पनी चन्द्रमामा आफ्नो अन्तरिक्ष यान अवतरण गराउने पहिलो व्यावसायिक संस्था बनेको छ। ह्यूस्टनस्थित 'इन्टूइटिभ मसिन्स'ले आफ्नो ओडिसिअस रोबोट चन्द्रमाको दक्षिणी ध्रुव नजिकै सुरक्षित रूपमा अवतरण गराएको हो।

National life

पृथ्वीबाट उक्त अन्तरिक्ष यानको उडान र अवतरण नियन्त्रण गर्ने टोलीलाई ओडिसिअस चन्द्रमामा ओर्लिएको निर्क्योल गर्न केही बेर लाग्यो। केही मिनेटमा संकेत पाएपछि उनीहरूले सफल अवतरणबारे जानकारी दिए। 'कुनै द्विविधाबिना हाम्रो उपकरण चन्द्रमाको सतहमा छ भन्ने हामी पुष्टि गर्न सक्छौं अनि हामी सञ्चार गरिरहेका छौं,' फ्लाइट निर्देशक टिम क्राइनले घोषणा गरे।

उक्त खबरसँगै सो कम्पनीका कर्मचारीहरूले ताली बजाइर हर्षोल्लास गरेका थिए। इन्टूइटिभ मसिन्सको सफलता अन्तरिक्षको व्यावसायिक उपभोगका लागि मात्र नभएर सामान्य रूपमै समेत अमेरिकी अन्तरिक्ष कार्यक्रमका लागि महत्त्वपूर्ण उपलब्धि हो।

अब चन्द्रमाको सतहमा आधा शताब्दीदेखि अमेरिकाको अनुपस्थिति मेटिएको छ। यसअघि सन् १९७२ अन्तिम अपोलो मिशनले नियन्त्रित रूपमा चन्द्रमामा अवतरण गरेको थियो।

 

Shivam cement

प्रकाशित: Feb 23, 2024| 13:11 शुक्रबार, फागुन ११, २०८०
प्रतिक्रिया दिनुहोस्