बिहीबार, चैत २६, २०८२

भारतीय लहरी पल्टिँदा मोरङमा तीनजनाको मृत्यु

 |  शुक्रबार, फागुन ११, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन ११, २०८०

मोरङको बुढीगंगा गाउँपालिका-४ प्रगति टोलमा गाडी पल्टिएर दुर्घटना हुँदा एकै परिवारका दुईसहित तीन जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार आरजे २९ जीबी १५६१ भारतीय नम्बर प्लेटको लहरी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको हो।

National life

मृत्यु हुनेमा बुढीगंगा गाउँपालिका-४ का ६० वर्षीया ज्योति अधिकारीकी चार वर्षीया छोरी इसिता अधिकारी, छोरा निशान्त अधिकारी र सन्जु खवासकी ८ वर्षीया छोरी रिहा खवास छन्। ज्योतिका छोरा र छोरी जुम्ल्याहा रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

आज बिहान ७ बजे कच्चा पदार्थ बोकेर उद्योगतर्फ जाँदै गरेको लहरी दुर्घटना भएको थियो। उक्त लहरी ज्योतिको घरमा पल्टिएको प्रहरीले जनाएको छ। लहरीले थिचेर तीनजना बालाबलिकाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

 

प्रकाशित: Feb 23, 2024| 11:44 शुक्रबार, फागुन ११, २०८०
प्रतिक्रिया दिनुहोस्