शनिबार, भदौ १३, २०८३

सन्दीप लामिछानेद्वारा उच्च अदालत पाटनमा पुनरावेदन दर्ता

 |  बिहीबार, फागुन १०, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन १०, २०८०

काठमाडौं- क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई बलात्कारको मुद्दामा दोषी ठहर गर्ने काठमाडौँ जिल्ला अदालतको फैसलाविरुद्ध उच्च अदालत पाटनमा पुनरावेदन मुद्दा दर्ता भएको छ।

उच्च अदालत पाटनका रजिष्ट्रार मानबहादुर कार्कीका अनुसार मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १३७ अनुसार थुनाबाहिरै बसेर मुद्दा लड्न पाउने गरी आज पुनरावेदन मुद्दा दर्ता भएको हो। लामिछानेलाई मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १३७ को सुविधा दिइएको हो।

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको एकल  इजलासले क्रिकेट खेलाडी लामिछानेलाई गत पुस २५ गते आठ वर्ष कैद, रु तीन लाख जरिवाना र रु दुई लाख क्षतिपूर्ति निर्धारण गरेको थियो। गत पुस १३ गते गौशाला–२६ माथिको बलात्कार मुद्दामा लामिछानेलाई दोषी ठहर गर्ने उक्त अदालतले निर्णय गरेको थियो।

लामिछानेविरुद्ध २०७९ भदौ २१ गते बालिका बलात्कार गरेको उजुरी परेपछि उनलाई गत वर्ष असोज २० गते त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको थियो।

प्रकाशित: Feb 22, 2024| 19:54 बिहीबार, फागुन १०, २०८०
प्रतिक्रिया दिनुहोस्