बुधबार, चैत २५, २०८२

वालिङमा गोरु पाल्ने किसानलाई पाँच हजार अनुदान

 |  बिहीबार, फागुन १०, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन १०, २०८०

स्याङ्जा- जिल्लाको वालिङ–५ वडा कार्यालयले हल गोरु पाल्ने किसानलाई अनुदान दिने भएको छ।

National life

ब​ढ्दो यान्त्रिकीकरणसँगै गोरु पाल्ने चलन हराउँदै गएकाले ‘हल गोरु पालन प्रोत्साहन एवं प्रवर्धनात्मक’ कार्यक्रमअन्तर्गत किसानलाई पाँच हजार रुपैयाँ अनुदान उपलब्ध गराउने वडाअध्यक्ष छविलाल आलेले बताए।

हाते ट्र्याक्टर तथा प्रविधिको बढ्दो प्रयोगका कारण पुस्तौँदेखि चल्दै आएको हाम्रो परम्परा पनि हराउँदै गएकाले त्यसको संरक्षणका लागि वडाले अभियानका रुपमा हल गोरु पाल्ने किसानलाई अनुदान दिने नीति अगाडि सारेको उनले बताए। ‘नयाँ पुस्ता प्रविधितर्फ आकर्षित हुँदै गर्दा गोरुपालनका लागि वडाले बजेट विनियोजन गरेको छ’, उनले भने, ‘हाम्रो परम्पराको संरक्षणका लागि पनि यसले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिएका छौँ।’

वडा कार्यालयले आर्थिक वर्ष २०८०-८१ को वडास्तरीय स्वीकृत योजनाबाट वडाभित्रका हल गोरु पालेका किसानलाई अनुदान दिने उनले बताए। वडाभित्र अनुमानित ५०-७० हल गोरु हुनसक्ने अनुमान वडाको छ ।

कृषि प्रयोजन तथा प्राङ्गारिक मलका लागि गोरु पाल्दै आएका किसानलाई गोरुको संरक्षण तथा प्रोत्साहनस्वरुप न्यूनतम पाँच हजार उपलब्ध गराउँछौँ’, उनले भने। वडासचिव डोलजंग गुरुङले किसानलेहल गोरुपालन गरे/नगरेको, स्थानीय टोलबासी तथा जनप्रतिनिधिको स्थलगत अनुगमनपछि मात्रै अनुदान दिने बताए।

kumari

प्रकाशित: Feb 22, 2024| 17:31 बिहीबार, फागुन १०, २०८०
प्रतिक्रिया दिनुहोस्