बुधबार, चैत २५, २०८२

रुस-युक्रेन युद्धमा अर्का एक नेपालीको मृत्यु 

 |  बिहीबार, फागुन १०, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन १०, २०८०

गण्डकी- रुसी फौजमा कार्यरत बागलुङको ताराखोला गाउँपालिका–२ सिलेका जितबहादुर विकको मृत्यु भएको छ। युक्रेनविरुद्धको लडाइँमा ३६ वर्षीय विकको ज्यान गएको उनका साढुभाइ सनबहादुर विकले जानकारी दिए।

National life

गत माघ २० गते निधन भए पनि परिवारजनलाई बुधबार मात्र जानकारी आएको उनको भनाइ छ। पर्यटक भिसामा गत असोज ११ गते रुस पुगेका विकपछि रुसी फौजमा भर्ना भएको सनबहादुरले बताए।

‘रुस लैजाने एजेन्टमार्फत मृत्युको खबर आएको हो, मृत्यु पुष्टि गर्ने अस्पतालको कागजात पनि परिवारलाई प्राप्त भएको छ’, उनले भने, ‘थप जानकारी लिन परराष्ट्र मन्त्रालयलगायत निकायमा बुझ्दैछौँ।’

मृत्यु भएको पुष्टि भएपछि परिवारजनले बुधबार गाउँमै कुशको शव बनाएर विकको अन्त्येष्टि गरेको सनबहादुरले जानकारी दिए। ताराखोला–२ का वडाध्यक्ष भद्र घर्तीले पोर्चुगलमा रहेका विकका भाइको फोनमार्फत घरमा मृत्युको खबर आएको बताए। 

‘रुसी सेनामा भर्ना भएको तस्वीर उहाँले नै सार्वजनिक गर्नुभएको थियो, परिवारलाई पनि आफू लडाइँमा जान लागेको बताउनुभएको रहेछ’, वडाध्यक्ष घर्तीले भने, ‘उहाँको निधनको खबरले गाउँमा शोक छाएको छ, परिवारको बिचल्ली भएको छ।’

kumari

विक यसअघि गाउँमै गाडी चालक रहेको उनका साढुभाइ सनबहादुरले बताए। वैदेशिक रोजगारीका लागि केही वर्षअघि बिक साउदी र कतारमा पनि पुगेका थिए। विकका श्रीमती, दुई छोरी र एक छोरा छन्।

प्रकाशित: Feb 22, 2024| 18:01 बिहीबार, फागुन १०, २०८०
प्रतिक्रिया दिनुहोस्