आइतबार, साउन १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रधानमन्त्री झोक्किएर हिँडेपछि अंगरक्षकको बिचल्ली

प्रधानमन्त्री झोक्किएर हिँडेपछि अंगरक्षकको बिचल्ली

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- प्रधानमन्त्री केपी ओली भाषण कला र उखान टुक्काले धेरैलाई आकर्षित गर्छन्। औपचारिक तथा अनौपचारिक कार्यक्रममा ओली घन्टौं बोल्छन्।

लामो समय बोल्ने प्रधानमन्त्रीमा ओलीको नाम अगाडि नै आउँछ। समृद्ध नेपाल र सुखी नेपालीको सपना बोकेका प्रधानमन्त्री ओलीको सचिवालय कति सम्म फितलो छ भन्ने उदाहरण आइतबार सिंहदरबारमा देखियो।

अन्तर प्रदेश बैठकमा सहभागी प्रधानमन्त्री ओलीले आइतबार अचम्मको व्यवहार देखाए। करिब डेढ घन्टा ढिलो गरी बैठकमा पुगेका प्रधानमन्त्री ओली चाँडै निस्किए। उनले अर्को कार्यक्रममा जाने समय भइसके पनि अंगरक्षक नआएपछि प्रधानमन्त्री ओली झोंक्किएर हिडेका हुन्। प्रधानमन्त्री ओली हिडेपछि अंगरक्षक विचल्लीमा परेका हुन्। 

कार्यक्रम र समय तालिकाको समन्वय नहुँदा केपी शर्मा ओलीको सुरक्षामा खटिएका दुईजना सुरक्षाकर्मीलाई छाडेर प्रधानमन्त्री अर्कै कार्यक्रमा पुगेपछि सुरक्षा टोली नै अलमलमा परे। 

आइतबार सिंहदरबारमा प्रधानमन्त्री ओलीका लागि दुर्इवटा कार्यक्रम तय भएका थिए। पहिलो बैठक प्रदेश मुख्यमन्त्रीसहितको थियो भने दोस्रो प्रदेशका मन्त्रीसंगको बैठक प्रदेश मुख्यमन्त्रीको बैठकमा सामान्य अवस्थाभन्दा थकित अनि दिक्क देखिएका ओली २० मिनेटमै बाहिरिएपछि प्रदेश मन्त्री सहितको बैठकमा सहभागी भए।

आधा घन्टा तय गरिएको कार्यक्रममा ओली दुई मिनेटमै बाहिरिएका थिए। सचिवालय र सुरक्षा निकायको समन्वय नहुँदा दुईजना प्रधानमन्त्रीका सुरक्षाकर्मी भने सिंहदरबारमा नै छाडिएको सुरक्षा स्रोतले जनाएको छ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।