बिहीबार, चैत २६, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • कार्यसम्पादन मूल्यांकनमा सन्धिखर्क सर्वोत्कृष्ट, कुन-कुन भए उत्कृष्ट ?

कार्यसम्पादन मूल्यांकनमा सन्धिखर्क सर्वोत्कृष्ट, कुन-कुन भए उत्कृष्ट ?

 |  बिहीबार, फागुन १०, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन १०, २०८०

अर्घाखाँची- कार्यसम्पादन मूल्यांकनमा अर्घाखाँचीको सन्धिखर्क नगरपालिका देशभरकै प्रथम बनेको छ।

National life

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको प्रारम्भिक नतिजाअनुसार आर्थिक वर्ष २०७९/८० को कार्यसम्पादन मूल्यांकनमा सन्धिखर्क प्रथम भएको हो। देशभरका सात सय ५३ स्थानीय तहमध्ये सन्धिखर्कले ६१ दशमलव ८१ अंक प्राप्त गरी पहिलो भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालले बताए।

स्थानीय तहलाई संघीय सञ्चित कोष तथा प्रदेश सञ्चित कोषबाट प्रदान गर्ने वित्तीय समानीकरण अनुदानअन्तर्गत कार्यसम्पादन मूल्यांकनका आधारमा अनुदान सिफारिसका लागि आयोगले कार्यसम्पादन मूल्यांकन गर्ने गर्दछ।

कार्यसम्पादन मूल्यांकन गर्दा आयोगले स्थानीय तहसँग तथ्यांकहरू मागेर त्यसको आधारमा र उपलब्ध तथ्य सही वा गलत भएको प्रामाणित गरेर सोही आधारमा अंक प्रदान गरिन्छ। गत आर्थिक वर्षमा सन्धिखर्क नगरपालिका देशभरमै आठौँ स्थानमा पर्न सफल भएको थियो।

चितवनको भरतपुर महानगरपालिका ५६ दशमलव २९ अंकसहित दोस्रो र गुल्मीको मालिका गाउँपालिका ५५ दशमलव ४० अंकसहित तेस्रो भएका छन्। त्यस्तै सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका ५३ दशमलव ८४ अंकसहित चौथो, सिन्धुपाल्चोककै भोटेकोशी गाउँपालिका ५३ दशमलव ७६ अंकसहित पाँचौँमा परेको छ।

kumari

यस्तै गुल्मीको चन्द्रकोट गाउँपालिका ५२ दशमलव ५७ अंकसहित छैटौँ, अर्घाखाँचीको छत्रदेव गाउँपालिका ५० दशमलव ४४ अंकसहित सातौँ, गुल्मीको रेसुंगा नगरपालिका ५० दशमलव ०३ अंकसहित आठौँ, सिन्धुपाल्चोककै पाँचपोखरी थाङ्पाल गाउँपालिका ४९ दशमलव ३६ अंकसहित नवौँ र प्युठानको सरुमारानी गाउँपालिका ४९ दशमलव १९ अंकसहित १०औँ भएका छन्।

प्रदेश तथा स्थानीय तहको कार्यसम्पादन मूल्यांकन कार्यविधि २०७८ को दफा ७ अनुसार कार्यसम्पादन मूल्यांकन गरी अंक प्रदान गरिएको हो।

प्रकाशित: Feb 22, 2024| 19:01 बिहीबार, फागुन १०, २०८०
प्रतिक्रिया दिनुहोस्