बुधबार, चैत २५, २०८२

भुस्याहा कुकुरले चार लाखका कुखुरा मारेपछि...

 |  बिहीबार, फागुन १०, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन १०, २०८०

कञ्चनपुर- शुक्लाफाँटा नगरपालिका–११ अमरपुरस्थति आशा ऐरको कुखरा फार्मभित्र छिरेका भुस्याहा कुकुरले चार लाख मूल्य बढीका कुखुरा मारेर नोक्सानी पुर्याएका छन्।

National life

आज बिहान कुखुरा फार्मको तारजाली तोडेर भित्र पसेको भुस्याहा कुकुरको हुलले अण्डा दिने लेयर्स जातका छ सय कुखुरा मारिदिएको हो। सय बढी कुखुरा घाइते छन्। “बैंकबाट १२ लाख बढी कर्जा निकालेर एक हजार दुई सय अण्डा दिने कुखुरा पालेका थियौं”, फार्म सञ्चालक आशाले भनिन्, “दैनिक कुखुराले चार पेटी जति अण्डा दिँदै आएका थिए, भुस्याहा कुकुर फार्मभित्र छिरेर कुखुरा मारिदिएपछि निकै ठुलो नोक्सानी व्यहोर्न बाध्य भएका छौं”

फार्ममा पाँच सय जति कुखुरामात्रै बाँकी रहेको उनले बताइन्। फार्मभित्र कुकुरले कुखुरा मारेर खान थालेपछि कुखुराको आवाज सुनी  कुकुरलाई भगाउन सकिएको उनले बताइन्। वडाध्यक्षको रोहवरमा प्रहरी मुचुल्का तयार गरिएको उनको भनाइ छ। नगरपालिका क्षेत्रमा भुस्याहा कुकुर नियन्त्रण नहुँदा किसानले निकै सास्ती खेप्नुपरेको स्थानीय जयबहादुर ऐरले बताए।

“पोल्ट्री फार्मभित्रै छिरेर आज ठूलो सङ्ख्यामा कुखुरा मारिदिए, बाटो हिँडने व्यक्तिाई पनि झम्टिने गरेको छ”, उनले भने, “धेरै व्यक्तिलाई टोक्दा रेबिजको खोप लगाइरहेका छन् ।” नगरपालिकाले भुस्याहा कुकुर नियन्त्रण गरिदिनुपर्ने उनको भनाइ छ। कुखुरा फार्म सञ्चालकले सम्बन्धित निकायलाई क्षतिपूर्तिको व्यवस्था गरिदिनका लागि पनि आग्रह गरेका छन्।

प्रकाशित: Feb 22, 2024| 13:01 बिहीबार, फागुन १०, २०८०
प्रतिक्रिया दिनुहोस्