बुधबार, माघ २३, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

सीतापाइला घटना : तीन जनाको हत्या गरी आत्महत्या गरेको आशंका

 |  बुधबार, फागुन ९, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, फागुन ९, २०८०

ntc landingntc landing

काठमाडौं- काठमाडौंको नागार्जुन नगरपालिका-६ भैरबटोलमा एकै परिवारका तीन जनाको आज हत्या भएको छ। 

himalayan bank box

सोलखुम्बुको दूधकुण्ड घर भई नागार्जुन नगरपालिका-६ भैरबटोलमा बस्दै आएकी ३८ वर्षीया ईश्वरी श्रेष्ठ, निजकी आठ वर्षीया छोरी अनिशा श्रेष्ठ र साढे दुई वर्षकी नातिनी सिवानी श्रेष्ठको हत्या भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए। शिवानी इश्वरीको पूर्व पतिका नातिनी रहेको खुलेको छ। सो हत्यामा निज ईश्वरीका श्रीमानको संलग्नता रहेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ।

ईश्वरीका श्रीमान् राजु घिमीरे भनिने काजी विकको शव पनि घरभन्दा केही पर जङ्गलमा झुण्डिएको अवस्थामा फेला परेकाले उक्त हत्यामा निज काजी विककै हात रहेको अनुमान गरी प्रहरीले अनुसन्धान थालेको  प्रहरी उपरीक्षक अधिकारीले जानकारी दिए। उनले भने, ‘परिवारका सदस्यहरुको हत्या गरेपछि उनले आत्महत्या गरेको प्रारम्भिक अनुमान छ। यसै विषयमा केन्द्रित रही प्रहरीले अनुसन्धान थालिसकेको छ।’ घटना आज विहानको हो। विहान साढे नौ बजेपछि कोठाभित्र शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। 

त्यसको केही समयपछि विक पनि घरभन्दा केही परको जङ्गलमा झुण्डिएको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरी घटनास्थलमा आउँदा उनको मृत्यु भइसकेको थियो। 

प्रकाशित: Feb 21, 2024| 15:23 बुधबार, फागुन ९, २०८०
citizen insidecitizen inside
प्रतिक्रिया दिनुहोस्