मंगलबार, असार १७, २०८२

वीरगञ्जमा जारी निषेधाज्ञा खुकुलो बनाइँदै

 |  बुधबार, फागुन ९, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, फागुन ९, २०८०

vianetvianet

पर्सा- जिल्लाको शान्तिसुरक्षालाई दृष्टिगत गरी जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज क्षेत्रमा जारी गरेको निषेधाज्ञा खुकुलो बनाउँदै गएको छ। 

जिल्ला प्रशासन कार्यालयले करिब ३६ घण्टादेखि जारी राखेको निषेधाज्ञा आज बिहान ६ देखि ११ बजेसम्म खुला गरेको छ। सर्वसाधारणको सहजताका लागि आज बिहान ६ देखि ११ बजेसम्मका लागि खुला गरिएको र अवस्थाको आकलन गरी निषेधाज्ञा थप खुकुलो बनाउँदै जाने नीति लिइएको पर्साका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले बताए।

मुलुकको आर्थिक नगर र स्थानीय सर्वसाधारणको दैनिकीलाई प्रभाव नपरोस् भनेर निषेधाज्ञालाई खुकुलो बनाउने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारीले बताउनुभयो। परिस्थिति र आवश्यकताका आधारमा  निषेधाज्ञालाई खुकुलो बनाउने उनले जानकारी दिए। वीरगञ्जको अहिलेसम्मको अवस्था समान्य छ।

रौतहटको इशनाथ नगरपालिकामा केही दिनअघि दुईपक्षबीच भएको झडपको विरोधमा हिन्दू समाजले गत सोमबार बीरगञ्जमा निकालेको प्रदर्शनका क्रममा दुईपक्षबीच झडपको स्थिति सृजना भएपछि जिल्ला प्रशासन कार्यालयले सोमबार साँझदेखि अनिश्चितकालीन निषेधज्ञा जारी गरेको थियो। 

प्रकाशित: Feb 21, 2024| 14:01 बुधबार, फागुन ९, २०८०
प्रतिक्रिया दिनुहोस्